दरबार मार्गमा ‘कन्सर्ट’को तयारी, सवारी आवागमन बन्द

  • काभ्रे खबर
  • / मनोरञ्जन /
  • २०८१ आश्विन २, बुधबार (१ दिन अघि)
  • ६६ पटक पढिएको

दरबार मार्गमा ‘कन्सर्ट’को तयारी, सवारी आवागमन बन्द

काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ।

बिहीबार संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने ‘नेसनल डे कन्सर्ट’को स्टेज निर्माण लगायतको काम भइरहेकोले सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ।

भोलि राति ८ बजेसम्म डाइभर्सन गरिएका छ।

सरकारले बिहीबार संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्दैछ। सरकारले भोलि साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्दैछ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस