प्रख्यात भारतीय गायक जुबिन नौटियालले नेपालमा कन्सर्ट गर्ने

  • काभ्रे खबर
  • / मनोरञ्जन /
  • २०८१ आश्विन २१, सोमबार (१ हप्ता अघि)
  • ११० पटक पढिएको

प्रख्यात भारतीय गायक जुबिन नौटियालले नेपालमा कन्सर्ट गर्ने

प्रख्यात भारतीय गायक र प्रत्यक्ष कलाकार जुबिन नौटियालले नेपालमा एक च्यारिटी कन्सर्ट गर्ने भएका छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन. अटिजम केयर फाउन्डेसले १४ डिसेम्बर २०२४ मा च्यारिटी कन्सर्ट गर्न लागेको जानकारी दिएको हो । भारतीय संगीत उद्योगमा नौटियाल आफ्नो मधुर आवाज र धेरै हिट गीतहरूका लागि जानिन्छन्।

यस कार्यक्रमबाट प्राप्त सबै आम्दानी एन.अटिजम केयर फाउन्डेसनको सहयोगको लागि जानेछ । यो संस्था जुबिन नौटियालसँगको साझेदारीमा नेपालमा सञ्चालित छ।

एन.अटिजम केयर फाउन्डेसनले आफ्नो स्थापनाको घोषणा पनि गरेको छ। पहिचान, हेरचाह, र व्यक्तिहरूको शिक्षामा समर्पित गैर–नाफा संस्था नेपाली समाजका प्रतिष्ठित व्यक्तित्वहरुद्वारा स्थापित, फाउन्डेसनले अटिजम भएका बालबालिका र उनीहरूको परिवारलाई व्यापक सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ।

एन. अटिजम केयर फाउन्डेसनको मिशन भनेको व्यक्तिहरूको समावेशी समाज सिर्जना गर्नु हो।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

खोजी गर्नुहोस