विभिन्न ४ अस्पताललाई रोटरी क्लव अफ् धुलिखेलले ३६ थान हेमोडायलासिस मेसिन उपलव्ध

धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका र रोटरी क्लव अफ धुलिखेलविच ब्लड बैक तथा रिसर्च सेन्टर स्थापना
  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८१ चैत्र १८, सोमबार (२ दिन अघि)
  • ९५ पटक पढिएको

विभिन्न ४ अस्पताललाई रोटरी क्लव अफ् धुलिखेलले ३६ थान हेमोडायलासिस मेसिन उपलव्ध

धुलिखेल। रोटरी क्लब धुलिखेलले विभिन्न चार वटा अस्पताललाई हेमोडायलाइसिस मेसिन हस्तान्तरण गरेको छ । आईतबार धुलिखेलमा आयोजित कार्यक्रममा मृगौला रोगीलाई थप सहज बनाउन जर्मन रोटरी भोलेन्टियर डाक्टर ईभीको सहयोगमा ३६ वटा हेमोडायलाईसिस मेशिन हस्तान्तरण गरेको हो ।
क्लबले धुलिखेल अस्पताललाई १०, शिर मेमोरियल अस्पताललाई १०, बाँकेको कोहलपुरमा रहेको कौशल्या मेमोरियल अस्पताललाई १० र
बर्दघाट स्थित शहिद स्मृति अस्पताललाई ६ गरी जम्मा ३६ वटा मेसीन हस्तान्तरण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि सांसद तथा उद्योगपति विनोद चौधरीले अन्र्तराष्ट्रिय संस्थाले दिएको यस्ता खाले सहयोग नेपाली जनतासम्म पुर्याउन सरकारी प्रक्रियाले झन्झट भईरहेको बताए । उनले धुलिखेल नगरपालिकाको उदाहरण दिदै सकारात्मक सोच राख्ने जनप्रततिनिधि भए विकासले गति लिने बताए ।
कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले संस्थाको सामाजिक भावना बृहत भयो भने देशव्यापी काम गर्न सक्ने बताए । उनले धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको बताउँदै आगामी दिनमा वातावरणमैत्री, छुवाछुत मुक्त र गरिव नभएको शहर बनाउन प्रत्येक घरमा सर्वेक्षणको काम सुरु गरिएको बताए । उनले उक्त सर्वेक्षणबाट नगरावासीको आयस्रोत,खर्च, शिक्षा,स्वास्थ्य सबै थाहा हुने भएकाले उद्यमशीलताका कार्यक्रम ल्याउन सहज हुने प्रस्ट पारे ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका, धुलिखेल अस्पताल र रोटरी क्लव अफ धुलिखेलको त्रिपक्षीय साझेदारीमा ब्लड बैंक तथा रिसर्च सेन्टर स्थापना गर्ने सम्झौता गरिएको छ । त्यस्तै धुलिखेल नगरपालिका र रोटरी क्लव अफ धुलिखेलको साझेदारीमा विद्युतिय शवदाह गृह निर्माण गर्ने सम्झौता पत्रमा समेत हस्ताक्षर गरिएको छ ।
कार्यक्रममा रोटरी क्वब अफ धुलिखेलकी अध्यक्ष ज्योत्सना सैंजुले हस्तान्तरण गरिएका हेमोडायलाइसिस मेसिनको मुल्य ५ करोड भन्दा बढी पर्ने जानकारी दिईन् ।
कार्यक्रममा वर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, धुलिखेल अस्पतालका प्रमुख प्रशासकीय प्रमुख डा.विराज कर्माचार्य, शिर मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायस लगायतले मृगौला रोगीहरुको संख्या बढिरहेको र मेशिन उपलब्ध नहुँदा सहज सेवा दिन नसकेको अवस्थामा संस्थाले उपलब्ध गराएको मेशिनहरु मार्फत जनताको सेवामा सहज पहुँच पुग्ने बताए । कार्यक्रममा रोटरी क्लव अफ धुलिखेलका पुर्व अध्यक्षहरु अशोक श्रेष्ठ, रञ्जिव श्रेष्ठ, सुनिल श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट डा. अनिश जोशीले रोटरीमार्फत भएका सामाजिक सेवाको चर्चा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस