सहकारी के हो?
सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग–सँगै गरिने कामलाई बुझाउँदछ । यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ । प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो । सहकारी अवधारणा गाउँ समाजमा परापूर्वकालमा पर्म, बस्तु साटसाट, गुठी जस्ता अवधारणाको नयाँ नाम नै सहकारी हो ।
तपाईको सहकारीको परिचय दिनुपर्दा?
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. सहकारी ऐन २०४८ र नियमावली २०४९ अनुसार २०५० साल फागुन ६ गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भई समुह र समुदायमा आधारित रही संचालनमा रहेको वित्तीय सहकारी संस्था हो । सदस्यहरुका सामाजिक तथा आर्थिक आवश्यकता पूरा गरी उनिहरुको जीवनस्तरमा परिर्वतन ल्याउने उद्देश्यका साथ स्थापना भएको यस संस्थाले स्थानीय स्तरबाट नै सदस्यलाई वित्तीय सेवा प्रदान गर्नुपर्दछ भन्ने अवधारणाका साथ सेवा कार्यालयहरु संचालनमा ल्याएको हो । संस्थाले विभिन्न संघ सस्था एवं स्थानीय तहहरुको साझेदारीमा विभिन्न तालिम सहुलियत ऋण, विप्रेषण सेवा, सदस्य सुरक्षण कार्यक्रम अत्याधुनिक प्रविधि मैत्री सेवाका साथै सामाजिक तथा सामुदायिक कार्यक्रम, सस्था स्तरीकरण (Branding) कार्यक्रममा आवद्ध भई ACCU को प्राविधिक सहयोग एवं नेफ्स्कुनको समन्वयमा संचालित ACCU Branding कार्यक्रम अन्तर्गत ACCESS Silver ब्राण्ड प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित र सुरक्षित एवं दिगो संस्थाको पहिचान बनाउन सफल भएको छ । अत्याधुनिक बैंकिङ्ग प्रविधि, मोबाइल बैंकिङ्ग सेवा, ट्यावलेट बैंकिङ्ग सेवा तथा एटिएम सेवा, रेमिटान्स सेवा, पशु विमा, बाली बिमा र किसान २ परियोजनासँगको साझेदारीमा ज्ञानमा आधारित आधुनिक कृषि प्राविधिक सेवा संचालनमा ल्याएको छ । सदस्यहरुलाई आपतविपत, विराम पर्दा, घर परिवारमा घट्ना घट्दा ६९ हजार बिन्धवासिनी परिवारको योगदानबाट ८२ हजार सम्म निःशुल्क राहत सुविधा प्रदान गर्दै आएको छ जुन अंकमा हेर्ने हो भने वार्षिक रु. १ करोड ५० लाख भन्दा बढि रकम भुक्तानी गरिहेकोछ ।
हामीलाई लाग्छ, सदस्यलाई गुणस्तरीय सेवा प्रदान गरिरहेकाछौं तर आफै राम्रो भन्दा सम्बन्धित निकायबाट राम्रो छ भनी प्रमाणित गर्नु पर्दो रहेकोछ, सेवाको गुणस्तर, संस्थाको कायम गरेको सुशासन आदिको आधारमा राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, नेफ्स्कूनबाट सर्वोत्कृष्ट सहकारी पुरस्कार, बागमती प्रदेश सहकारी संघ लि. र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.बाट उत्कृष्ट सहकारी पुरस्कार, एशियाली ऋण महासंघबाट नेपालमा पहिलो पटक क्यूमी अन्तर्राष्ट्रिय अवार्ड, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र राष्ट्रिय सहकारी बैंक लि.बाट कारोबारको आधारमा उत्कृष्ट सहकारी सम्मान प्राप्त गर्नुका साथै एशियाली ऋण महासंघ(ACCU)द्धारा सञ्चालित ब्ऋऋभ्क्क् द्यचबमष्लन कार्यक्रममा आवद्ध भई वित्तीय रुपमा सुरक्षित र दिगो संस्थाको रुपमा ACCU Branding र ACCESS Silver Brand प्राप्त गरी सबल र सुरक्षितको रुपमा प्रमाणित हुन संस्था सफल भएको छ ।
संस्थालाई डो¥याउने संस्थापक अध्यक्ष भरत प्रसाद शर्माज्यूले नेफ्स्कून र राष्ट्रिय सहकारी बैंक लि.बाट उत्कृष्ट संस्थापक अध्यक्ष सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल हुनका साथै व्यवस्थापन प्रमुखको हैसियतले नेफस्कूनबाट २ पटक सर्वोत्कृष्ट व्यवस्थापक पुरस्कार, बागमती प्रोस्कूनबाट बागमती प्रदेश भरको बचत तथा ऋण सहकारी संस्थाहरु मध्येबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार, जिल्ला सहकारी संघ लि. काभ्रेबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार, पनौती नगरपालिकाबाट पनौती नगर भित्रका सहकारी संस्थाका व्यवस्थापक मध्येबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार प्राप्त गर्न सफल हुनको साथै नेपालको तर्फबाट एशिया भरबाट पहिलो पटक Credit Union Executive Outstanding Award प्राप्त गर्ने एक मात्र व्यक्तिको रुपमा पहिचान बनाउन सफल भई संस्थाको छवि उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको महसुस गरेकोछु ।
बिन्धवासिनीले खास गरी चार पक्षलाई विशेष ध्यानमा राखी सेवा प्रदान गर्दै आएकोछ:
१) सुरक्षित र दिगो वित्तीय स्थिति कायम गर्ने ,
२) प्रतिस्पर्धी प्रविधियुक्त गुणस्तरीय सेवा र सदस्य सन्तुष्टि,
३) नीति विधि र प्रविधिको पूर्ण अंगिकार गरी सञ्चालन समक्षता र प्रतिस्पर्धी अवस्था कायम गर्ने,
४) ज्ञान सिप र दक्ष सञ्चालक र योग्य, दक्ष र सन्तुष्टि कर्मचारीको विकास गर्ने ।
कस्तो छ आर्थिक कारोवार?
वित्तीय रुपमा सुरक्षित र दिगो समुदायमा आधारित सहकारी संस्थाको रुपमा सञ्चालित यस संस्थाको हाल रु. ५३ करोड ९७ लाख शेयरपूँजी, रु. ३ अर्ब ८७ करोड बचत रकम, जगेडा अन्य कोष रकम रु.५८ करोड ३४ लाख गरी कूल पूँजी तथा दायित्व रु. ५ अर्ब १६ करोड पुगेकोछ भने कूल रु. १ अर्ब २३ करोड अर्थात ३१ प्रतिशत तरलता रहेकोछ । जसबाट वित्तीय रुपमा जुनसुकै अवस्थामा बचत फिर्ता गर्न सक्ने अवस्था रहेकोछ भने रु. ६० करोड भन्दा बढि रकम तत्काल ऋण लगानी गर्न सक्ने अवस्थामा रहेकोछ । ऋण जोखिम वर्गाीकरण अनुसार पूर्ण रुपमा जोखिम व्यवस्था गरी सदस्यको बचतलाई सुरक्षित बनाईएको छ भने एभ्ब्च्ीक् मापदण्ड अनुसार अधिकांश वित्तीय सूचकहरु मापदण्ड भित्र कायम राखी वित्तीय रुपमा सुरक्षित र दिगो संस्थाको रुपमा उभ्याउन संस्था सफल रहेको छ ।
विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनका कारण व्यवसाय धरापमा छन्। सहकारीले प्रवाह गरेको ऋणको व्याजसमेत तिर्न धौ धौ छ, यस्तोमा सहकारीले केही सहुलियतका योजना अघि सारेको छ कि?
सहकारी र बैंक तथा वित्तीय संस्थामा अन्तर भनेकै संस्थाबाट ऋण लिने व्यक्ति सहकारीको मालिक हुन भने बैक तथा वित्तीय संस्थाको ग्राहक हुन । मालिकलाई आन्तरिक तथा बाह्य कारणलाई वित्तीय कारोबारमा अप्ठ्यारो पर्दा सहकारी संस्थाले आवश्यक सहुलियत, बुझाउने समयावधि थप, विभिन्न अवसरको पहिचान गरी उक्त अवसरमा जोड्ने कार्य गर्नु सहकारी संस्थाको दायित्व नै हो । आपतविपत र आवश्यक पर्दा नै सहकारी चाहिने हो । त्यही सहकारीको मर्म र सिद्धान्तको पूर्ण अनुशरण गदै विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनका कारण व्यवसाय धरापमा विषम अवस्थालाई मध्यनजर गरी गत आ.व.मा रु. ४८ लाख भन्दा बढि व्याज छुट सुविधा प्रदान गएिकोछ भने गत असोज ११ र १२ मा विनासकारी अविरल वर्षाबाट प्रभावित बाढीपहिरो पिडित सदस्यहरुलाई ३१औं साधारण सभाबाट विशेष निर्णय गरी समिति उप समितिको बैठक भत्ता, कर्मचारीहरुको केही दिनको तलब र संस्थाबाट रु. २५ लाख समेत गरी करीब रु.३३ लाख रुपैयाँको विपद व्यवस्थापन कोष खडा गरी सदस्य राहत वितरण गर्नुका साथै रु. ५ लाख सम्म पुनः निर्माण सहुलियत ऋण, बाढीपहिरो पिडित सदस्यलाई साँवा बुझाउने समय अवधि थप जस्ता कार्यक्रम अगाडि बढाइएको छ।
बचतका कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ ?
सहकारी संस्थाको उद्देश्य नै स–साना बचत जम्मा गरी एकमुष्ट बनाई एकमुष्ट रकमबाट सदस्यलाई नै आयमुलक कार्य गर्न ऋण लगानी गर्ने हो । बिन्धवासिनीले पनि बुढेसकालको लागि नियमित अनिवार्य मासिक बचत गर्न विशेष प्रोत्साहन गर्दै मासिक रुपमा अधिकतम सदस्यको मासिक बचत गराउँदै आएको छ भने सदस्यहरुको उमेर, पेशा, आयश्रोत र आर्थिक स्तर अनुसार बच्चा देखि बृद्ध सम्म, विपन्न देखि सम्पन्न सम्मको व्यक्तिहरुले बचत गर्न सक्ने गरी २२ प्रकारको बचत कार्यक्रमहरु विकास गरी कार्यान्वयनमा ल्याएकोछ ।
आम्दानीबाट खर्च गरी बाँकी रकम बचत गर्ने होइन की आम्दानीबाट बचत गरी बाँकी बाट मात्र खर्च गर्ने बानीको विकास गर्ने सदस्यहरुलाई गराइएकोछ । विशेषतः अन्तर्राष्ट्रिय असल अभ्यासहरु हेर्ने हो भने भूकम्प, सुनामी, बाढी पहिरो, आगलागी, महामारी आदि महासंकटमा पनि कम्तिमा ६ महिना खाना पिउन पुग्ने गरी आपतकालीन बचत गर्नु पर्छ भन्ने अवधारणाको विकास गरी सोही अनुसार सहकारीका सदस्यले बचत गर्ने बानीको विकास भएको देखिन्छ भने नेपाल पनि सो अवधारणाको क्रमशः अनुशरण गरी यस प्रकारको बचत गर्ने बानीको विकास गर्दै जानु पर्ने अति आवश्यक देखिएकोले यस कार्यमा बिन्धवासिनी अगाडि बढेको कारण मासिक रुपमा बचत बृद्धि हुदै गएकोछ । बचत फिर्ताको तुलनामा जम्मा हुने अनुपात बढ्दै जानु नै वित्तीय दिगोपन हो । यही अवस्था बिन्धवासिनीमा छ ।
ऋण प्रवाहमा ध्यान दिनु पर्नै कुराहरु के के हुन्?
विशेषत: बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको काम नै बचत लिने र उक्त बचतलाई सदस्यहरुलाई व्यवसाय प्रवद्र्धनका लागि ऋण प्रवाह गर्ने हो । तर सदस्यको बचत सदस्यलाई ऋणको रुपमा लगानी गर्दा सजिलो तवरले व्याज सहित फिर्ता आउने गरी सुरक्षित र जोखिम रहित ऋण लगानी गर्नु सम्बन्धित संस्थाको सञ्चालक समिति र व्यवस्थापनको प्रमुख दायित्व हो । तसर्थ सुरक्षित तवरबाट ऋण असुली गर्न देहाय बमोजिम ऋण प्रवाहमा ध्यान दिनु पर्दछ ः
१) ऋण लिन चाहने सदस्यलाई संस्थाको नीति नियम, ऋण लिने र तिर्ने प्रक्रिया, ऋण नतिर्दा लाग्ने जरिवाना, असुली कार्बाही सम्बन्धमा विस्तृत परामर्शको व्यवस्था।
२) ऋण कारोबार गर्ने सदस्यलाई वित्तीय साक्षरताको साथै ऋण लिएको रकमबाट सञ्चालन गर्ने व्यवसाय कसरी सञ्चालन गर्ने, कति लागत लाग्छ, कति आम्दानी र नाफा कति हुन्छ ? भन्ने ज्ञान व्यवसाय विकास परामर्श सेवा ।
३) लिएको ऋणबाट सञ्चालन गर्ने व्यवसायको जोखिम के के हुन सक्छन र उक्त सम्भावित जोखिम न्यून गर्न अवलम्बन गर्नु रणनीति, जोखिम हस्तान्तरण, प्राविधि सेवा सम्बन्धी पूर्ण ज्ञान दिलाउने ।
४) कुनै पनि वित्तीय संस्थाले ऋण लगानी पूर्व ऋण लिने व्यक्तिको विश्लेषण गर्नु पर्दछ । जस अन्तर्गत 6C – Character, Collateral, Capacity to Pay, Capital, Condition & Climate Action) जस्मा महत्वपूर्ण पक्ष भनेको तिर्न सक्ने क्षमताको आधारमा कति ऋण लिँदा कति साँवा व्याज सहितको किस्ता तिर्न पर्छ ? र उक्त किस्ता तिर्न आयश्रोतले धान्छ व धान्दैन विश्लेषण गरी आयश्रोत धान्ने सम्मको मात्र ऋण लगानी गरेमा त्यस्तो ऋण असुलीमा केही समस्या आउँदैन । बिन्धवासिनीले पनि बढि भार तिर्न सक्ने क्षमता(नगद प्रवाह)को आधार लिई विश्लेषण गरेर मात्र ऋण लगानी गर्ने गरेकोछ ।
ऋण लगानी कस्ता क्षेत्रमा बढी लक्षित छन्?
बिन्धवासिनी सहकारी एक ग्रामिण क्षेत्रमा वित्तीय पहँुच नपुगेको सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्ने भएकोले ग्रामिण क्षेत्रमा विशेष गरी उत्पादन क्षेत्रमा केन्द्रीत भई ऋण प्रवाह गर्दै अएकोछ । उत्पादन क्षेत्र अन्तर्गत कृषि उपज, पशुजन्य, साना तथ माझौला उद्योग, व्यापार व्यवसाय, यातायात ढुवानी युवा स्वरोगार, महिला उद्यमशिता विकसा जस्ता क्षेत्रमा ऋण लगानीका क्षेत्र लक्षित गरेकोछ । सहकारीले सबै सदस्यको वित्तीय आवश्यकता पूरा गर्नु पर्ने बाध्यात्मक अवस्थामा अत्यन्त न्यून ऋण अनुत्पादन क्षेत्रमा लगानी गरेकोछ । वित्तीय पहँुच बाहिरका सदस्यलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु र अनुत्पादक क्षेत्रमा अत्यन्त न्यून ऋण भएको कारण नै बिन्धवासिनीको ऋण असुलीमा तुलनात्मक रुपमा समस्या कम भएको हो ।
ऋण कसरी खराब ऋण बन्न पुग्छ?
खास गरी ऋण लगानी गर्नु पूर्व विस्तृत विश्लेषण गरेर लगानी गरेन भने, ऋणी सदस्यले उदेश्य अनुसारको सही कामको लिएको ऋण उपयोग गरेन भने र काबु बाहिरको बाह्य कारणहरु दैवी प्रकोप, महामारी, प्रतिकूल वातावारण र मौसम आदि कारण ऋण असुली नभएमा खराब बन्न पुग्छ । विशेषत ऋण खराब हुनुमा संस्था र ऋणी सदस्य दुवैको महत्वपूर्ण भूमिका हुन्छ।
कति छ खराब ऋण ?
वर्तमान परिस्थितिमा बंैक तथा वित्तीय संस्थाहरुको समेत खराब ऋणको अनुपात ३५– ३६ प्रतिशत पुगेको अवस्थामा सहकारी भनेको सदस्य हित र समस्यालाई मध्ये नजर गरी सेवा दिने संस्था भएकोले यस विषम परिस्थितिमा नेपालका सहकारीहरुको खराब ऋणको अनुपात ५४–५५ प्रतिशत पुगेको अवस्थामा पनि बिन्धवासिनीको खराब ऋण पल्र्स मापदण्डले तोकिएको सूचाड्ढको हाराहारीमा नै कायम गर्न सफल भएकोछ ।
सहकारी डुब्न लागे, भागे, पैसा तिर्न नसक्ने अवस्थामा पुगे मात्र भनेको सुनिन्छ नि आजकल, किन ?
सहकारी होस या अन्य जुनसुकै बैंक तथा वित्तीय संस्था होस , नगद आउने र जाने त्रक्र निरन्तर चल्नु पर्छ। जाने मात्र भो आउने चाही भएन भने सहकारी मात्र हैन जुनसुकै बैक तथा वित्तीय संस्थाले बचत फिर्ता दिन सक्दैन।
अहिले केही सहकारी संस्थाको कारण सहकारी प्रति जनविश्वास घट्दै गएको र केही सुशासनमा नचलेको, अनुत्पादक क्षेत्रमा अत्याधिक ऋण लगानी भएको संस्थाहरुमा बचत जम्मा नगर्ने र फिर्ता मात्र लिने समस्याका कारण समयमा भने जति बचत फिर्ता दिन नसकी संस्था नै बन्द गर्नु पर्ने अवस्था अधिक आएको हो । ३१ हजार भन्दा बढि सहकारीमा २५–२६ वटा संस्थाहरु समस्याग्रस्त हुनु भनेको संख्यात्मक हिसावले त ०.०८% हो । भने जति बचत फिर्ता गर्न नसक्ने संस्थाहरुको संख्या ४०० जति भएता पनि करीब १% को हाराहारीमा मात्र संस्थामा समस्या देखिएको हो तर ३१ हजारै सहकारीले बचत फिर्ता गर्न नसकेको भान हुने गरी समाजमा भ्रम सिर्जना गरिएको छ, त्यो अत्यन्त गलत हो । बैकहरु समस्याग्रस्त घोषणा भएको अवस्था छ, १७ वटा विकास बैंक मध्ये एउटा बैक बचत फिर्ता दिने नसकी समस्याग्रस्त हुनु भनेको कति प्रतिशत हो त ? प्रतिशत नै हेर्ने हो भने ६% हुन आउछ , यस्मा चाही किन यस्ता कुरा उठ्दैन ? जनतालाई सुसुचित गर्ने सञ्चार जगतले यो स्पष्ट पार्नु पर्छ समाजलाई । समुदायमा आधारित सहकारी संस्थाहरुमा कुनै पनि समस्या छैन, बचत बढेको बढेकै छ, तरलता अत्याधिक छ, बैंंकमा जम्मा ग¥यो, व्याज अत्यन्त न्यून छ, ऋण लगानी हुन सकेको अवस्था छैन ।
समुदायमा आधारित सहकारीहरुले यस्ता समस्या झेल्नु परेको छ ?
मुलतः सामुदायमा आधारित नेपालका जुनसुकै साना तथा ठूला कारोबार गर्ने संस्थाहरुको अध्ययन गनुहोस, आर्थिक रुपमा सबल र सुरक्षित नै पाउनुहुन्छ । समुदायमा आधारित संस्थाहरुमा नियमित रुपमा सदस्य र बचत बृद्धि भईरहेकै छन् । यहाँहरुले अहिले पनि सामाजिक सञ्जालमा मासिक ३०० सदस्य बृद्धि भयो, ५०० सदस्य बृद्धि ६०० सदस्य बृद्धि भयो भन्ने पोष्टहरु देख्न सक्नुहुन्छ । बिन्धवासिनी नै कुरा गर्ने हो भने २०८१ पौष महिनामा मात्रै ५६१ जना सदस्य, २०१ जना शैक्षिक बाल बचतकर्ता र रु. ६ करोड भन्दा बढि बचत बृद्धि भएको छ । यस्को अर्थ सामाजिक सञ्जालमा देखिए जस्तो नकरात्मक अवस्था मात्र नभई समुदायमा आधारित सहकारी प्रति अझै पनि जनतामा अत्यन्त विश्वास कायम रहेको देखिन्छ । हामीसंग जोडिएका समुदायमा आधारित नेपालका सहकारी संस्थाहरुमा यस्तो समस्या झेल्नु परेको देखेको र सुनेको छैन।
सहकारीमा पनि त विकृति आइरहेका छन् । वित्तीय सुशासनका लागि के के कदम चाल्नु भएको छ?
जुन सुकै क्षेत्रमा राम्रा र नराम्रा त भईहाल्छ मात्र नियतवस वा अन्जानमा भन्ने मात्र हो । संस्था कुन नियतले खोल्यो, कस्ता व्यक्तिको हातमा सञ्चालनको जिम्ममा पुग्यो ? त्यसमा भर पर्दछ । कति व्यक्तिहरुले स्वनियमनको नाममा गलत तरिकाले व्यक्तिगत स्वार्थमा निहीत रही संस्था सञ्चालन गर्दा केही विकृति देखिएकाछन् । त्यसैले यस अभियानलाई सुधार गर्न एक अधिकार सम्पन्न विशेष नियामक निकायको आवश्यक छ, भन्ने नै बिन्धवासिनी सहकारीको राय सुझाव रहेको छ । हालै नेपाल सरकारले केही नेपाल ऐन संशोधन अध्यादेश २०८१ जारी गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई नियमित रुपमा अनुगमन गर्न नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिकारण सम्बधी व्यवस्था, ऋणी सदस्यहरुको कर्जा सूचना लिनु पर्ने व्यवस्था, कालोसूचीमा राख्ेन सक्ने व्यवस्था, बचत तथा ऋण सुरक्षण कोषमा आवद्धता, सञ्चालक र कर्मचारीहरु योग्यता समेत तोक्ने कार्य अगाडि बढेको अवस्थामा छ । नेपाल राष्ट्र बैकले त सहकारी संस्था सञ्चालन सम्बन्धी मापदण्ड मस्यौदा तयारी गरी सुझाव मागेको अवस्था छ , जुन मापदण्ड अध्ययन गर्दा बिन्धवासिनी सहकारीले विगत देखि नै अवलम्बन गर्दै आएको वित्तीय सुशासनका व्यवस्थाहरुमा केही कुरा मात्र थप भएको आएको देखिन्छ।
बिन्धवासिनी सहकारीले वित्तीय सुशासनका लागि धेरै कार्यहरु गर्दै आएको छ?
सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारी र एकाघर परिवारले संस्थाबाट ऋण लिन नपाउने व्यवस्था।
संचालक समिति, कर्मचारी र जिम्मेवारी व्यक्तिहरु अन्य सहकारी संस्थाको सदस्य समेत हुन नपाउने ।
आफ्नो सेवा सुविधा आफै स्वीकृत गर्न नपाउने
प्रत्येक समिति उपसमिति र कर्मचारी आर्थिक अनुशासन कायम गर्नु पर्ने।
सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र प्रमुख कार्यकारी अधिकृतको एकाघरको व्यक्ति कर्मचारीको रुपमा नियुक्ति हुन नपाउने आदि ।
सरल र सहज ढंगबाट चल्न सहकारीको मूल्य तथा सिद्धान्त कस्तो हुनुपर्छ?
मूलतः अन्तर्राष्ट्रिय सहकारी मूल्य र सिद्धान्तहरु पूर्ण पालना गर्ने हो भने कुनै पनि सहकारी संस्था सरल र सहजढंगबाट चल्न सक्छ । त्यही सहकारी सिद्धान्त र मूल्यका साथ सहकारुी सञ्चालन हँुदा जापान, दक्षिण कोरिया, युरोपको कतिपय देशहरु सहकारीकै माध्यमबाट विकास गर्न सफल भएकोछ । वर्तमान अवस्थामा हेर्ने हो भने भियतनाम, इन्डोनिशियाको विकासको मुल कारण सहकारी नै हो । तसर्थ सहकारीका ७ सिद्धान्त र बचत तथा ऋण सहकारी संस्था सञ्चालनको १० सिद्धान्तहरु परिपालन गरी सञ्चालनमा रहेको संस्थालाई सञ्चालनमा कुनै समस्या आउँदैन, सरल सहजढंगबाट सञ्चालन हुन्छ । त्यहाँ को अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत को आए, को गए त्यसले सदस्यले पाउने सेवा र लाभमा केही प्रभाव पार्दैन।
सदस्यहरुको क्षमता अभिवृद्धिका लागि कस्ता कार्यक्रम ल्याउनु पर्छ सहकारीले?
सहकारी संस्था भनेकै सदस्यहरुले सदस्यहरुको आर्थिक तथा समाजिक विकासका सञ्चालन गरेको सामुहिक व्यवसाय भएकोले आर्थिक विकासको लागि सर्व प्रथम त सिप तथा दक्षता अभिबृद्धि गर्नु पर्छ अनि मात्र ऋण लिई गरेको व्यवसाय सफल रुपमा सञ्चालन गरी अधिकत आय आर्जन गर्न सकिन्छ । सहकारीका ७ सिद्धान्त मध्ये एक सिद्धान्त सदस्य शिक्षा र सहकारी नियमावलीमा समेत खुद नाफाको ५ प्रतिशत सदस्य शिक्षा कोषमा छुट्टयाउनु पर्ने व्यवस्था गरेकोछ । तर त्यो कोष सदस्यहरुको सिप विकास र दक्षता अभिबृद्धिमा धेरै संस्थाले खर्च गरेको देखिन्दैन । फलतः सहकारी अभियानमा अहिलेको अवस्था आउनु एक कारण हो । बिन्धवासिनी सहकारी संस्थाले वार्षिक रु. ३१ –३२ लाख सदस्य शिक्षा कोषमा छुट्याउनुको साथै आय व्यय हिसाव समेत शिक्षा तालिम शीर्षकमा समेत रु. बजेट व्यवस्था गरी समिति, उप समिति, कर्मचारी र सदस्यको सिप विकास तथा क्षमता अभिबृद्धि गर्न खर्च गर्दै आएकोछ । गत आ.व.मा मात्रै २५०० जना भन्दा बढि समिति उप समिति, कर्मचारी र सदस्यहरुलाई सिप विकास तथा क्षमता अभिबृद्धि कार्यक्रममा सहभागी गराउन सफल भएको थियो।
सहकारीमा जगेडा कोष जथाभावी चलाउन पाइँदैन, संस्थागत विकासमा मात्र चलाउन, बढाउन पाइन्छ भनिन्छ लागू भएको छ तपाईकोमा?
सहकारी संस्थाको जगेडा कोष यस्तो कोष हो जुन संस्था भनेकै त्यै कोष मात्र हो । शेयर बचत भनेको त सदस्यहरु हो मागेको वेला तुरुन्त फिर्ता दिनु पर्छ । अन्य कोषहरु पनि उद्देश्य अनुसार खर्च गर्नु पर्छ, शिक्ष कोष, सामुदायिक विकास कोष, जोखिम व्यवस्थापन कोष जस्ता कोषमा सोही कार्यका लागि खर्च गर्नुपर्छ । संस्थागत विकासका लागि पनि सहकारी विकास कोषको व्यवस्था गरेको हुन्छ । जगेडा कोष कुनै कार्यका लागि पनि खर्च गर्न पाइदैन । यस कोषको आधारमा ५० प्रतिशत सम्मको स्थिर सम्पत्ति जोड्न सक्छ भन्ने सिद्धान्त हो । कतिपय संस्थाहरुलाई घरजग्गा जोड्दा जगेडा कोषको आधार हेरेकै छैन । त्यस संस्थाहरुको अहिले घर जग्गा लिलाम भएको तपाई हाम्रै आँखा अगाडि उदाहरणहरु छन्।
एकातिर कानुनले नै खर्च गर्न नसक्ने व्यवस्था गरेको छ। अर्को तिर सहकारीका सिद्धान्तले जगेडा कोषलाई संस्थाको मुटुको रुपमा परिभाषित गरेको छ। मुटु नै टुक्रा गर्दै बाँड्दै जाने हो भने हामी जिवित रहन्छौै ? जगेडा कोष खर्च गर्ने, जथाभावी चलाउने हो भने जसरी जीवन पूर्ण मुटु विना जीव बाँच्न सकिन्दैन त्यसरी नै जगेडाकोष विना सहकारी संस्था जिवित रहन सक्दैन। बिन्धवासिनीको ३१ वर्ष सञ्चालन अवधिमा रु.३८ करोड भन्दा बढि जगेडा कोष पु¥याउन सफल भएकोछ । जगेडा कोष मात्र होइन अन्य कानूनले तोकेको कोषहरु समेत खर्च गर्ने गरेकोछैन बिन्धवासिनीमा।
आफ्ना सदस्यहरूलाई सहयोग गरी सुविधा दिएर समस्या सुल्झाइदिने सहकारीको काम र कर्तव्य हो, संस्था धनी बनाउने होइन भनिए पनि त्यसो हुन सकेको छैन भन्ने आरोप छ नि सहकारीहरुलाई?
सदस्यको समस्या संबोधन गरी प्रत्येक सदस्यको वित्तीय आवश्यकता पूरा गर्नु प्रत्येक बचत तथा ऋण कारोबार गर्नु सहकारी संस्थाको पहिलो कर्तव्य हो भने सर्वसुलभ सेवा दिन सक्ने बलियोे संस्था बनाउनु दोश्रो कर्तव्य हो । सेवा दिने संस्था नै बलियो छैन भने सदस्यले कसरी सर्वशुलभ सेवा प्राप्त गर्न सकिन्छ र ? सदस्य सेवा संगसंगै संस्था पनि सबल र दिगो बनाउन सक्नु पर्छ अनि मात्र सदस्यले जुनसुकै परिस्थितिमा निरन्तर सेवा प्राप्त गर्न सकिन्छ । सदस्यहरुले क्षणिक लाभ लिने की अनवरत लाभ लिने भन्ने कुरा स्पष्ट दृष्टिकोण बनाउनु पर्छ अनि मात्र सदस्यसंगसंगै संस्थाको पनि विकास हुन्छ । संस्था धनी हुनु भनेकै सदस्य(मालिक) धनी हुनु हैन र ? घर बलियो भने भने घरको परिवार बलियो हुने हैन र ? तसर्थ प्रत्येक सहकारी संस्थाको सदस्यहरुले आफूसंगसंगै संस्था पनि धनी र बलियो हुनु पर्छ, संस्था भनेको आमा हो, आमा बलिया र स्वास्थ्य भईन भने मात्र दुध खाना पाउने हो भन्ने सकरात्मक धारणा सबैमा विकास हुनु जरुरी छ।
समाजिक उत्तरदायित्व बहन गर्नेमा तपाईको सहकारी कत्तिको लागि परेको छ ? पछिल्ला गतिविधि केही छन्?
बिन्धवासिनीले सामाजिक उत्तरदायित्व गर्ने कार्यमा कुनै पनि बेला पछि हटेको छैन ः २०७२ साल विनासकारी भूकम्पमा मर्सीकर्पसंगको सहकार्यमा करीब ३ करोड नगद सहयोग वितरण, रु.४ करोड ५४ लाख अत्यन्त न्यून व्याजदरमा आकस्मिक ऋण सुविधा, कोभिड १९ मा निःशुल्क अक्सिजन वितरण र व्याज छुट सुविधा, दैवी प्रकोप तथा कोभिड महामारीमा स्थानीय निकाय र राज्यको चौथो अंग नेपाल पत्रकार महासंघ, प्रधानमन्त्री दैवी प्रकोप उद्धरकोषमा सहयोग प्रदान, पनौती नगरपालिकासंगको सहकार्यकारी सडक बत्ती र यात्रुप्रतिक्षालय निर्माण, संस्कृति तथा वातावरण संरक्षण सम्बन्धी विभिन्न संघसंस्थालाई सहयोग, रेयुइकाई आँखा अस्पताल र बेथानचोक गा.पा.संगको सहकार्यमा अन्धोपन निवारण कार्यक्रम, विभिन्न स्वास्थ संस्थाहरुको सहकार्यमा बृहत स्वास्थ्य शिविर, दन्त शिवर र जनचेतनामुलक कार्यक्रम गर्दै आएकोछ।
सदस्यहरुको क्षमता अभिवृद्धि र आर्थिक हैसियत बढोत्तरीमा कस्ता कार्यक्रम ल्याउनु भएको छ?
सदस्यको सिप र दक्षता अभिबृद्धि लागि आयमूलक सिपमूलक तालिमहरु सञ्चालन गर्दै आएकोछ भने निश्चित पेशा र व्यवसायमा आवद्ध सदस्यहरुलाई सिटिभिटिईसंगको सहकार्यमा विशेष तालिम कार्यक्रम समेत सञ्चालन गर्र्दै आएकोछ । बर्खरै संस्थाले सदस्यहरुको व्यवसाय विकास सेवा(द्यम्क्) कार्यक्रम प्रारम्भ गरेकोछ जस्ले सदस्यलाई ऋण लिनु पूर्व लिएको ऋणले व्यवसाय सञ्चालन कसरी गर्ने, उत्पादन लागत र नाफा नोक्सान के कस्तो हुन्छ, बजार कहाँ छ, व्यवसाय व्यवस्थापन, दर्ता प्रक्रिया, कर व्यवस्थापन, सिप विकास, जनशक्ति व्यवस्थापन र परिचालन सम्बन्धी विस्तृत जानकारी गराउन सबै सेवा कार्यालय र मूख्य कार्यालय व्यवसाय विकास सेवा कक्ष स्थापना गरी लिएको ऋणको प्रभावकारी उपयोग र व्यवसाय सञ्चालन सम्बन्धी पूर्ण ज्ञान प्रदान गर्न व्यवसाय परामर्शदाताको रुपमा ८ जना कर्मचारीहरुलाई जिम्मेवारी दिई परिचालन गरेको छ ।
अन्त्यमा केही ?
सहकारी क्षेत्रमा देखिएको विकराल समस्या, जनताको बचतको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व भएकोले नेपाल सरकारले सहकारी सम्बन्धी केही ऐन संशोधन अद्यादेश २०८१ जारी गरी कार्यान्वयनको क्रममा छ । यसमा भएको बचतको सिमा, एकभन्दा बढि संस्थामा आवद्ध हुन नपाउने संविधानले प्रदत्त्त मौलिक हकलाई ध्यान नपुगेको हो भन्ने कुरा बाहेक जनताको पसिनाको कमाई सुरक्षण गर्नु पर्ने बध्यात्मक अवस्थालाई संशोधन गर्ने गरी आएको अध्यादेशले सहकारी क्षेत्रको सुरक्षा र प्रभावकारी व्यवस्थापन हुन्छ भन्ने हामीले सकरात्मक रुपमा लिएकाछौं । सोही अध्यादेशको अधिनमा रही नेपाल राष्ट्र बैंकले जारी गर्न लागेका निर्देशन सम्बन्धी प्रारम्भिक मापदण्डको मस्यौदा आवश्यक राय सुझावको लागि संप्रेषण गरेको अवस्था छ भने राष्ट्रिय सहकारी नियमन प्राधिकारण गठन गरी नियमन सम्बन्धी मापदण्ड र निर्देशन जारी गर्ने क्रममा रहेकोले सुशासन र सदस्य सेवामा समर्पित सहकारी संस्थाहरुलाई समेत जारी हुने मापदण्ड र निर्देशनले प्रतिकूल असर पर्न गई सहकारी क्षेत्र अझ संकुचन हुने अवस्था आउन सक्छ । यसका लागि सरोकारवालाहरु र शेयर सदस्यहरुले अलि चासो दिई समयमा राय सुझाव दिन आवश्यक देखिन्छ ।
(बेथाञ्चोक साप्ताहिकबाट)