नयाँ भर्ना सुरु भयो। नाइट्रिङ्गेल के गर्दैछ?
नाइटिंगेल नयाँ भर्ना लिनको लागि मात्रै केही गर्ने स्कुल होइन । नाइटिंगेल हरेक वर्ष, हरेक महिना, हरेक दिन, हरेक घण्टा अप्डेट हुने विद्यालय हो । यसको अर्थ समय परिस्थितिलाई हेरेर शिक्षादीक्षा प्रदान गर्छौं । नतिजामुखी कुरालाई जोड दिएर सर्वाङ्गी विकास गर्दै यहाँबाट पासआउट भइसकेपछि संसारको जुनसुकै कुनामा गएर पनि बाँच्न सक्ने गरी कसरी आउटपुट दिन सक्छौँ भन्ने कुराप्रति हामी सजग छौँ ।
नयाँ भर्नाको सन्दर्भमा नयाँ भर्ना भनेर त्यसलाई उच्च प्राथमिकता दिएर नीति बनाउँदैनौँ । नाइटिंगेल एकेडेमी पहिले नै एउटा उचाइमा पुगिसकेको वा व्यवस्थित रुपमा चलिसकेको विद्यालय हो । विद्यार्थी भर्ना सम्बन्धी हामीले एउटा पोलिसी बनाएका छौँ । भर्नाका लागि नयाँ आएका विद्यार्थीहरू कस्तो ठाउँबाट आउनुभएको छ, कुन परिवेशबाट आउनुभएको छ, अभिभावकको ब्याकग्राउन्ड लगायतका कुरालाई ध्यान दिन्छौँ । जहाँ नयाँ विद्यार्थी आएपछि फर्म भर्नुहुन्छ । उहाँहरूको अभिभावकको फोटोसहित परिचय खुल्ने प्रमाणपत्रहरू सहित सबै कुरा प्रष्ट रूपमा लेखिएको हुन्छ। त्यसपछि हामी उहाँहरूलाई इन्ट्रान्समा समावेश गराउँछौँ । इन्ट्रान्सको आधारमा तहगत रूपमा राख्ने व्यवस्था गर्छौं । क्लासहरू जम्प गराउने भन्दा पनि हामी सोही कक्षामा विद्यार्थी कतिको क्वालिफाइड छ भन्ने कुरालाई विशेष ध्यान दिन्छौँ । आजभन्दा १० वर्षको अगाडिको नाइटिंगेल र अहिलेको नाइटिंगेलमा फरक छ । आठ दश वर्ष अगाडि हामी नयाँ विद्यार्थी ल्याउनको लागि प्रयास गरिरहेका हुन्थ्यौ भने अहिले नयाँ विद्यार्थी आइदिए हुन्थ्यो साथै क्वालिफाइड विद्यार्थीहरू खोज्छौँ ।
अहिले विद्यालय एउटा निश्चित संरचनाभित्र सञ्चालन हुनुपर्ने एउटा बाध्यकारी अवस्था छ। निश्चित भवनको मापदण्ड, शौचालय, खेलमैदानका कुराहरू भइरहँदा नाइटिंगेलको विद्यार्थी क्षमता कति छ ? यो वर्ष हामी यति विद्यार्थी भन्दा लिँदैनौं भन्ने त्यही नीति बनेको छ ?
हाम्रो विद्यालयमा अहिले तीनवटा ब्लकहरू छन् । प्री– प्राइमरी ब्लकहरू पहिले नै राम्रो म्यानेज गरेर राखेका छौँ । जहाँ, किड्स जोन भनेर नर्सरी, केजी र एल्केजीका बालबालिकाहरू पढ्छन् । अर्को एउटा एडमिन ब्लक भनेर रहेको छ । जहाँ अपरेसन म्याटरका कुराहरू र अफिसियल म्याटरका कुराहरू मात्रै हुन्छन् । जहाँ चाहिँ विद्यालयका बालबालिकाहरूबाट पनि डिस्टर्ब हुँदैन र त्यहाँबाट पनि बालबालिकाहरूलाई डिस्टर्ब हुने काम हुँदैन । अर्को एउटा ब्लक छ, जहाँ कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू बसेर अध्ययन गर्नुहुन्छ । जुन अन्तर्राष्ट्रिय स्तरकै कक्षा लिनको लागी अध्यापन गराउनलाई सोचले नै बनाएको ब्लक हो । अब कुरा रह्यो शौचालयको । यसमा हामीसँग बिल्डिङ भित्रै पनि शौचालय छन् र बाहिर पनि छन् । क्यानटिनको व्यवस्था पनि राम्रो रहेको छ । यातायातको व्यवस्था पनि राम्रो रहेको छ । खेलमैदानको कुरामा पनि ओपन फुट्सल रहेको छ, बास्केटबल कोट र ब्याडमिन्टन कोट छ । अहिले हामीले क्रिकेट पिस पनि बनाएका छौँ । त्यो बाहेक हामीसँग मार्सलआर्ट पनि रहेको छ । विद्यालयमा हामीले नौ वटा छुट्टाछुट्टै क्लबहरू पनि बनाएका छौँ । विद्यालयको जम्मा क्षमता भनेको ९ सय जनाको हो । अहिले ८ सय ६० जना अध्ययनरत हुनुहुन्छ । यो वर्ष चाहिँ हामी थप ४० जना विद्यार्थी भर्ना लिने सोचमा छौँ । अहिलेदेखि नै विद्यालयमा अभिभावकहरु आएर छलफल गर्ने भेटघाट गर्ने क्रम चलिरहेको छ । हाम्रो विद्यालय बस धुलिखेल, पलासे नलिनचोकसम्म जान्छ । बाँसडोल, आशापुरी जस्ता नजिकका एरियाहरूमा पनि जान्छौँ । यहाँ वरिपरिका अभिभावकलाई फोनबाटभन्दा पनि विद्यालय नै भिजिट गरेर बुझ्न अनुरोध गर्छु । बनेपा भरिका विद्यालयहरूमध्ये सबैभन्दा ठूलो ग्राउन्ड र एरिया भएको विद्यालय हाम्रै जस्तो लाग्छ ।
तपाईँहरूले अपनाइरहनुभएको सिकाई पद्धति के–के हो ? विद्यार्थीहरूले जान्ने र बुझ्ने गरी सिकाउनको लागि तपाईँहरूले कस्तो वातावरण निर्माण गर्नुभएको छ ?
सिकाइको लागि हामी बुक बेसमा मात्र जाँदैनौँ । बुक बेस र थप प्लेओयेर मेथडम पनि नि छ । साथै बच्चाहरूलाई मन्टेश्वोरि पनि छ । प्राविधिक रूपमा पनि पोख्त होस् भनेर प्रयास गरिरहेका हुन्छौँ । एउटा राम्रो र गुणस्तरीय शिक्षा भएको विद्यालय हुनको लागि विद्यार्थीहरूले अङ्क ल्याउन पनि जरुरी छ र नतिजा राम्रो ल्याउनु पनि जरुरी छ । त्यो बाहेक पनि हामीले व्यावहारिक रूपमा उहाँहरुलाई पोक्त बनाउने प्रयास गर्छौ । आमाबुबाले माया गरेर घरमा नलगाउने साधारण घरका कामहरू हामीले विद्यालयमा विद्यार्थीहरूलाई लगाउने गरेका छौँ । यस्ता कुराहरूबाट उहाँहरूलाई पढाइ मात्र नभई व्यवहारिक रूपमा पनि हामीले संलग्न गराइराखेका छौँ । यसरी हामीले शैक्षिक गतिविधिमा फरक ढङ्गले अगाडि बढिरहेको छौँ ।
आइसिटीको कुरा गरौँ, समय सूचना र प्रविधिमा निकै अघि बढिसक्यो । विद्यार्थीमा किताब हेर्नेभन्दा स्क्रिन हेर्ने बानी बढी बसिसकेको छ । यसो भइरहँदा तपाईँहरू सूचना प्रविधिमय कतिको भइरहनुभएको छ ? कस्ता संरचनाहरूलाई ध्यान दिइरहनुभएको छ ? विद्यालयका संरचनाहरू आइसिटी मैत्री छन् भन्ने आधारहरू के–के छन् ?
हामीसँग मल्टिमिडिया हलहरू छन् । हामीले प्रि–स्कुलमा कर्नर रूम भनेर राखेका छौँ । उक्त कर्नर रूममा बालबालिकाहरूले व्यवसायीहरूले गर्ने कामहरू सिक्छन् । व्यवसायीले गर्ने काम मात्र नभई डाक्टर इन्जिनियको कामहरू साथै किचेनको काम जस्तै भाडा माज्ने, खाना बनाउने कामहरू पनि उहाँहरुले सिक्नुहुन्छ । त्यहाँ अडियो भिजुअल कक्षाहरू हुन्छ । कक्षाकै कुरा गर्ने हो भने हामीसँग फरक फरक किसिमका कक्षाहरू छन् । विद्यालयले संगीत कक्षा, नृत्य कक्षा, कला प्रयोगशाला कक्षाहरु संचनलन गरेको छ । कम्प्युटर प्रयोगशालामा अरुले कम्प्युटर अपरेट गर्ने काम मात्र सिक्छन् भने हामीले त्यहाँ इन्टरनेट जडान गरेर विद्यार्थीले चाहेका कुराहरू खोजी गरेर आत्मअध्ययन गर्न सक्छन् । यो वर्षदेखि गार्डनमा गएर विद्यार्थीहरुले आ–आफ्नो ठाउँको कुर्सीमा लगभग ३÷४ जना समुमा बसेर अध्ययन गर्ने प्रणालीमा हामी जाँदैछौं ।
अर्को एउटा समस्या के छ भने, अभिभावक, विद्यार्थी र बिद्यालयको त्रिकोणात्मक साक्षात्कार खासै हुँदैन । बैठकहरू कमै हुन्छन् । शैक्षिक वर्षमा मात्रै विद्यालयहरू केन्द्रीय हुन्छन् भनिन्छ । नाइटिंगेलले यो कुरालाई मिथ्या साबित गरेको छ भन्ने आधारहरु के–के छन् ?
विद्यालयले यि, कुरालाई उच्च प्राथमिकता दिएको छ । हामीले अभिभावकसँग बसेर लगभग वर्षको तीनपटक सूक्ष्म ढङ्गले विद्यार्थीहरूको पठनपाठनको बारेमा विद्यालयको पूर्वाधारको बारेमा, विद्यालयको शिक्षण कर्मचारीदेखि विद्यालय सहयोगीको बारेमा सबैको बारेमा हामी अभिभावकसँग छलफल गर्छौं । उहाँहरूसँग बसेर भला खुसारी गरेर उहाँहरूको सल्लाह सुझाव लिएर हामी अझ केही कुरामा सुधार गर्नतर्फ लाग्छौँ । हामी प्रत्येक महिना अनिवार्य रूपमा कक्षा शिक्षक र अभिभावकसँग समन्वय गराउँछौं । त्यो बाहेक हामीले यस्तो ल्याब तयार गरेका छौँ । जहाँ अभिभावकले सोस्फुर्त रुपमा उहाँहरूलाई के लागेको छ, उहाँहरुले सिकेको कुरा राख्नुहुन्छ । यिनै कारणले गर्दाखेरि पनि हामी गुणस्तरीय शिक्षातर्फ अगाडि बढिरहेका छौँ । यसरी अभिभावकसँग मात्र समन्वय गर्ने होइन कि हामी कर्मचारी शिक्षकहरूसँग पनि उत्तिकै समन्वय गरिरहेका हुन्छौं । उहाँहरुलाई हरेक महिना के–के कुरामा अपडेट गराउनुपर्नेछ त्यो कुरा गरिरहेका हुन्छौँ । शिक्षकहरूको शैक्षिक स्तर फरक फरक छ । कसैले स्नातक गर्नुभएको छ, कहिले स्नातकोत्तर गर्नुभएको छ । उहाँको छुट्टै प्रोफाइल हुन्छ । एउटा कुनै तालिम लिएर आइसकेपछि उहाँहरुले भत्ता पाउनुहुन्छ । त्यसकारण अभिभावकहरूमा एकचोटि भिजिट गर्नुपर्छ भन्ने माहोल चाहिँ तयार भएको छ ।
छात्रवृत्तिहरू कुन–कुन शीर्षकमा के कति प्रदान गर्दै आइरहनुभएको छ ?
सामान्य होटलमा गएर खाना खाँदा वा कतै घुम्न जादा पनि यति प्रतिशत छुट भन्ने कुरा हुन्छ भने विद्यालय त विशुद्ध सेवा गर्ने संस्था हो । हेर्दाखेरि निजी विद्यालयले धेरै कमायो भन्ने जस्तो देखिन्छ तर जति आउँछ त्यति नै हामीले विद्यालयमा खर्च पनि गरिरहेका हुन्छौँ । त्यही लगानी भएको हुन्छ । हामीले धेरै कमाउनेभन्दा पनि सेवा गर्ने उद्देश्यले काम गरिरहेका छौँ । एउटा बालकले जन्म लिएपछि शिक्षा उसको नैसर्गिक अधिकार हो । सरकारले शिक्षासम्बन्धी बनाएका नीति नियमहरुलाई हामीले निभाएका छौँ । विद्यालयले पिछडिएका जाति, गरिब तथा जेहनदार विद्यार्थी लगायतलाई छात्रवृद्धि प्रदान गर्दै आइरहेका छौँ । यसको लागि वडाबाट सिफारिस चाहिँ ल्याउनुपर्ने हुन्छ । नीति नियम अनुसार मात्रै चल्ने हो भने १० प्रतिशत छात्रावृत्ति दिए हुन्छ । नाइटिंगेल त्यो बाहेक थप राम्रो अङ्क ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप पनि छात्राविधि प्रदान गर्ने गरेका छौं । समग्रमा हेर्ने हो भने १५÷१६ प्रतिशत नै हामीले छात्रवृत्ति प्रदान गर्दै आएका छौँ ।
शुल्क महँगो भयो, पुस्तक पनि महँगो, पोशाकहरू धेरै थरी राखियो । यसले अभिभावकलाई भार पार्ने काम भयो भन्ने गुनासोहरू पनि आउँछन् नि ?
पोशाक सफा र सुकिलो त हुन परिहाल्यो । यस्ता कुरामा चाहिँ हामी अभिभावकलाई भनिरहेका हुन्छौँ । अलिकति ध्यान दिनुस् बालबालिकालाई भनेर । अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नको लागि त्यही अनुसारको किताबहरू राख्नै पर्छ । नाफा कमाउने उद्देश्यले नै मात्रै चाहिँ यी सब कुराहरु हाम्रोमा गरिएको हुँदैन । स्वयं मैले कुनै पनि आफ्नो छुट्टै राम्रो व्यवसाय हुँदाहुँदै पनि विद्यालयतर्फ विद्यालयमा हुने गतिविधिप्रति आकर्षित भएँ । गुनासाहरु आइरन्छन । नआउने हैन तर हामीले त्यसमा बढी फोकस भएका छैनौं । यस अर्थमा नाइटिंगेल टिकटमा केन्द्रित छैनौँ ।
अभिभावकहरूले नाइटिंगेल विद्यालय नै किन रोज्ने ?
हामी विद्यार्थीहरूको भविष्यको बारेमा सोच्छौँ । पढ्ने भनेको बाँच्नको लागि कि बचाउनको लागि भन्ने कुराहरू हुन्छ । यहाँ आउने बालबालिकाहरूलाई हामी जीवनकै बारेमा सिकाउँछौँ । पहिला त हामी उहाँहरुलाई अनुशासित र संस्कारी विद्यार्थी बनाउँछौँ । अनुशासनमा बस्ने विद्यार्थीको स्वास्थ्य यतिकै पनि राम्रो हुन्छ । स्वस्थ बालबालिकाहरुले सिकाइलाई पनि छिटो अपनाउँछन् । हाम्रा विद्यार्थीहरुलाई जुनसुकै विद्यालय वा कलेजमा गए पनि भर्ना हुन सक्ने क्षमतावान बनाउँछौ । सेक्युरिटी, अनुशासन, स्वास्थ, शैक्षिक स्तर र पिइसिएका कुरामा विशेष ध्यान दिने गरेका छौँ । त्यो बाहेक यहाँ भित्रको संरचनाहरू, शिक्षक, खेलमैदान, सुरक्षा लगायतका कुरा विशेष हेर्न सक्नुहुनेछ अभिभावकहरूले । नाइटिंगेल नेपाल आर्मिको ष्mउबलब िस्कुल भएको कारण उहाँहरूको छोराछोरी पनि अध्ययन गर्नुहुन्छ । हाम्रोमा साधारण नागरिकका छोराछोरीदेखि विभिन्न सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको छोराछोरीसँग अध्ययन गर्नुहुन्छ । हामीले समान रुपमा अनुशासित ढङ्गबाट अध्यापन गराइरहेका छौँ । अभिभावकहरू विद्यालय छिरेर यी सबै कुरा हेरिसकेपछि हामीले नाइटिंगेल चुज गर्नुस् भनेर भन्नै पर्दैन ।