एबिएम काभ्रे जिल्लाको पहिलो आईएसओ प्रमाणित विद्यालय हो

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ बैशाख ६, शनिबार (४ घण्टा अघि)
  • १४० पटक पढिएको

एबिएम काभ्रे जिल्लाको पहिलो आईएसओ प्रमाणित विद्यालय हो

नयाँ शैक्षिक सत्र सुरु भएको छ । तपाईहरु भर्ना पनि लिइरहनु भएको छ । किन आउने एबिएम ?
आदर्श विद्या मन्दिर (एबिएम) स्कुलले आफ्ना विद्यार्थीहरूको सिकाइलाई प्रभावकारी रुपमा उपलब्धिमूलक बनाउनको लागि धेरै नविनतम कार्यहरू गरेका छन् । सिकाईका राम्रो बनाउनको लागि हरेक कक्षाका विद्यार्थीहरूबाट लनर्स ग्रुप बनाउँछौँ । त्यही समूहले समूहगत रूपमा सिकाइका क्रियाकलाप गर्ने, शिक्षकहरूले पनि आफूले सिकाउने विषयवस्तुसँग सम्बन्धित कुराहरू प्रभावकारी रूपमा विद्यार्थीहरूलाई उनीहरूको ज्ञान, बोध, प्रयोग र उपलब्धिसँग जोडेर सिकाइका क्रियाकलापलाई अगाडि बढाउने गरिएको छ । यि कुरा सिक्नकै लागि भएपनि एबिएम आउनुपर्छ भन्ने मलाई लाग्छ ।
विद्यालयको अन्तिम चरण भनेको सिकाइकै चरण हुन् । यहाँहरू आईएसओ सर्टिफाइड पनि हुनुहुन्छ । नयाँ के छ ?
हामी २१ वर्ष पूरा भएर २२ औँ वर्षमा अगाडि बढिरहँदा एबिएम आईएसओ २०००१००१ र २०१८ ले अवलम्बन गरेका नीतिहरूलाई लिएर हरेक विद्यार्थीको जन्मेको दिनदेखि वृद्धि र विकास हुँदै गरेका चरणहरूदेखि पोर्टफोलियो निर्माण गरी उनीहरूको सिकाईसँग सम्बन्ध राख्ने अभिभावक, समुदाय सिक्दै गरेका विद्यार्थीहरूको सिक्ने गतिको आधारमा मुल्यांकन गरेर उहाँलाई सिकाउनको लागि हामी उत्प्रेरित गर्छौँ । जसले गर्दा सर्वाङ्गी विकासका आधारहरूमा सैद्धान्तिक र व्यवहारिक पक्षहरूको सिकाइ हुन्छ । आईएसओले पनि सबैभन्दा यो स्कुलको युनिकनेस भनेकै स्वास्थ्य, सुरक्षा, शैक्षिक र सांस्कृतिका पाटोलाई लिने भन्ने हुन्छ । एबिएम काभ्रे जिल्लाको पहिलो आईएसओ प्रमाणित विद्यालय हो । आईएसओले भनेका सबै पक्षलाई आधार मानेर सिकाईसँग जोड्ने विद्यालयको रूपमा हामी अगाडि बढेका छौँ ।
हामीले विगतमा भोग्यौँ सुनाई, बोलाई, पढाइ, लेखाई यी प्रारम्भिक चरण हुन् भनेर तर अहिलेको परिस्थिति फेरिएको छ । स्क्रिनमा देखाएर पढाउने अथवा समय प्रविधि मैत्री भइरहँदा हामी अझै पनि २०÷३० वर्ष अगाडि प्रतिपादन भएका किताबी ज्ञानमा मात्र सीमित छौँ । युग सापेक्ष हुनुभएन भन्ने आरोप छ यहाँहरुलाई हो ?
हामी नवीनतम प्रविधिमा जोडिन प्रयासरत रहेका छौँ । तर पनि पुरानो संस्कारलाई छोड्न सकिएको छैन । तहगत वा उमेर समूहअनुसार स्क्रिनिङ शिक्षामा कति समय बालबालिका रहन सक्छन् अथवा कति समय हामी किताबी ज्ञान वा अन्य क्रियाकलापमा सहभागी गराउन सक्छौँ भन्ने कुरालाई हेर्छौँ । हाम्रो विद्यालयले चाहिँ स्थापनाकालदेखि नै सबैभन्दा सानो तीन वर्ष उमेरकै बालबालिकालाई स्कुल लिँदादेखि सात वर्षसम्मका बालबालिकालाई play way method मा पठनपाठन गर्दै आएका छौँ । जुन पुरानो सुनाइ लेखाई बोलाईभन्दा पनि सुनिसकेपछि सुनेका कुरालाई प्रयोगसँग जोड्ने, पढ्दाखेरि पनि अरुसँग interaction गरेर पढ्ने र बुझेका कुराहरू पनि सेयर गरेर पढ्ने कल्चरको विकास गर्दै, वस्तुसँग छुँदै अनुभव गर्दै पढाउँछौँ तीन कक्षासम्मका बालबालिकाको लागि । कक्षा चारदेखि आठसम्मका बालबालिकालाई कम्प्युटरसहित हरेक क्रियाकलापहरूमा स्मार्ट बोर्डको प्रयोग गरेर पढाउँछौं । यसैगरी भाषाका कुरामा पनि इङ्लिस, नेपाली, संस्कृत, परम्परागत विधि र सिकाइका प्रक्रियाहरू जोडेर अध्यापन गराउँछौँ । यसैगरी विषयअनुसार पनि प्रयोगात्मक शिक्षा दिने गरेका छौँ ।


यहाँले यसो भनिरहँदा निजी विद्यालयलाई एउटा आरोप छ, तपाईहरु पढाइलाई घोकाउनुहुन्छ । हो ?
यो होइन चाहिँ भन्न मिल्दैन तर कतिपय विद्यालयले आफ्ना शिक्षकहरूलाई अथवा एजुकेटर्सहरूलाई राम्रो शिक्षण सीप दिन नसक्दा आफूले जे जस्तो सिकेको छ त्यही कुरा बालबालिकालाई घोकाउने रटाउने हुन्छ । यो सबै प्रक्रिया परिवर्तन गर्छु भन्दाभन्दै पनि प्रधानाध्यापकको रुपमा त्यो कुरालाई मैले होईन भन्न सकिन किनभने शून्यमा लग्न सकेको छैन । आजभन्दा २० वर्ष अगाडि यो कुरा शतप्रतिशत नै हुन्थ्यो भने अहिले निकै नै कम भइसकेको अवस्था छ । सयमा दश प्रतिशत बाँकी होला । ९० प्रतिशत चाहिँ हामी अहिले बुझ्ने, बुझाउने र सिकेका कुरालाई प्रयोगमा ल्याउने गरी अध्यापन गराउँछौँ । बुझाई, ज्ञान र उच्च क्षमताका कुराहरूलाई विशेष ध्यान दिने गरेका छौँ ।
तपाईंहरु आईएसओ प्रमाणित विद्यालय । यसका केही मापदण्ड र चरणहरू पूरा नगरी त्यो पाइँदैन । यो एउटा नयाँ अभ्यास पनि हो काभ्रे जिल्लाको लागि । प्रमाणित हुने बेलासम्म सबै मापदण्ड पूरा गर्नुभयो र त्यसपछि फेरि पुरानै लयमा फर्किनुभयो भने चाहिँ के होला ?
यो चाहिँ साह्रै चिन्ताको विषय पनि हो । एउटा लयमा पुगिसकेपछि त्योभन्दा तल झर्नु पर्यो भने विद्यालय प्रशासनको लागि अरु राम्रो हुँदैन । तर त्यसो हुन नदिनको लागि हामीले सबै किसिमका पूर्वाधारहरू तयार पारेका छौँ । सिकाइको लागि आवश्यक पर्ने वातावरण पनि निर्माण भएको छ । योसँगै आइएसओले तोकेको मापदण्डको लागि पाँच वर्षको लागि आइएसओ कन्सल्ट्यान्ट २०२४ अप्रिल २७ बाट नियुक्ति गरेका छौँ । यो पहिलो बर्ष भयो । अब उहाँहरुले पाँच वर्षसम्म काम गर्नुहुन्छ । यो बीचमा हाम्रोमा भइरहेको कमीकमजोरी वा सूचकहरूको लागि पनि उहाँहरुले सल्लाह सुझाव दिने काम गर्नुहुन्छ । हाम्रो हरेक दिनको डाटा अपरेटरले आईएसओसम्म पु¥याउनुहुन्छ । उताबाट हेरिसकेपछि तुरुन्त फिडब्याक दिने काम हुन्छ । यस्ता गतिविधिले माथि जाने आधारहरू चाहिँ धेरै छन् तर तल चाहिँ झर्दैन भन्ने लाग्छ ।
हामीले किताब पढायौँ । सँगसँगै समाजिक मूल्यमान्यता, संस्कार, संस्कृति, रीतिरिवाज, स्थानीय भेषभुषा, भाषा, कला र साहित्य जस्ता कुरामा पनि एउटा विद्यालयले टेवा दिनुपर्छ । तब मात्र त्यो विद्यालय विद्यालय हुन्छ भन्ने मान्यता राखिन्छ । यसमा एबिएमको गाम्भीर्यता कति छ ?
वास्तवमा हामीसँग भएका कुराहरूलाई बचाएर नयाँ कुरा सिकाउने नै शिक्षा अथवा सिकाइ हो । त्यसको लागि हामीले भाषाकै आधारमा पनि अभ्यास गरिरहेका छौँ । हाम्रो मुर्जनीय भाषा अर्थात् साहित्यिक क्षेत्रको संस्कृत भाषालाई आधार मानेर कक्षा ३ देखि ६ सम्म अतिरिक्त भाषाको रूपमा शिक्षण गराइरहेका छौँ । अंग्रेजी हामीले अनिवार्य रुपमा नै पढाइरहेका छौँ । मातृभाषा, नेवारी त पढाउनु परिहाल्यो । हाम्रोमा नेवारी, तामाङ लगायत विभिन्न समुदायबाट आउने बालबालिकाहरू पनि हुनुहुन्छ । उहाँहरुलाई मध्यनजर गर्दै हरेक शुक्रबार उनीहरूको भाषा, साहित्य, संस्कृति सबै जगेर्ना गर्नेगरी परम्परा बसालेका छौँ । यसो गरिरहँदा त्यहाँ भएका राम्रा संस्कार संस्कृतिहरूलाई अनुकरण अनुसरण गर्दै जाने र सुधार गर्नुपर्ने कुरामा थप गर्दै जाने भन्ने अभ्यास गरिरहेका छौँ ।
शौचालयको अभाब, पर्याप्त खेलमैदानको अभाव, साँघुरा कक्षा कोठा, पर्याप्त हावाको कमी र घाम नलाग्ने कक्षाकोठामा सञ्चालित छन् निजी विद्यालयहरू वा शिक्षण वातावरण बालबालिकामैत्री छैनन् भन्ने गुनासो पनि आरोप पनि लाग्छ नि यहाँहरूलाई ?
वास्तवमा हामी विद्यालय सञ्चालक वा फाउडरहरुले चाहिँ के कुरामा कन्जुसाई गर्दिनु हुँदैन भने विद्यालय नै चलाउने शैक्षिक क्षेत्रमा सेवामूलक व्यवसाय भएको हुँदा नाफामूलक कुरा मात्र नहेरेर आफ्ना पूर्वाधारहरू बनाउँदा बालमैत्री संरचनाहरूमा ध्यान दिनुपर्छ । आधारभूत कुराहरू शौचालय, खानेपानी र खेल मैदान जस्ता कुराहरु पर्याप्त मात्रामा हुनुपर्छ । तिनै कुरालाई मान्यता राख्दै आएका पनि छौँ । अहिले हाम्रोमा नर्सरीदेखि कक्षा १२ सम्म एक हजार जना विद्यार्थी हुनुहुन्छ । अहिले हाम्रोमा तीनवटा ब्लकहरु छन् । नर्सरीदेखि कक्षा ३ सम्म जम्मा ३ सय ५० को हाराहारीमा विद्यार्थी हुनुहुन्छ । त्यसको लागि छुट्टै एउटा ब्लक छ । शौचालय, प्रयोगशाला, खेल्नको लागि छुट्टै क्लस्टर बनाएका छौँ । उहाँहरूको लागि छुट्टै इन्चार्जहरू पनि हुनुहुन्छ । त्यसैगरी कक्षा ९ देखि १२ को लागि पनि छुट्टै व्यवस्थापन छ । भवन ल्याब लगायतका कुराहरू छुट्टै व्यवस्थापन गरेका छौँ । यसरी सूक्ष्म सिकाइलाई विशेष ध्यान दिएका छौँ । विद्यालय नै सञ्चालन गर्ने हो भने मन अलि फराकिलो बनाउनु नै पर्ने हुन्छ । बालबालिका भनेको पनि एउटा फुलको कोपिला जस्तै हुन् । उनीहरुलाई हुर्कनको लागि फक्रनको लागि राम्रो वातावरण निर्माण हुनु नै पर्छ । सबै समुदायले देखिरहनुभएकै छ । हामी त्यो वातावरण निर्माण गर्ने चरणमा पनि रहेका छौँ । धेरै कुराहरू त सम्पन्न पनि भइसकेको छ ।
भर्नाको समय पनि छ ।

विद्यालय प्रवेश गर्दैगर्दा अभिभावकले के कुरामा ध्यान दिनुपर्छ ? ति ध्यान दिनुपर्ने कुराहरू एबिएममा के–के छन् ?
विशेष अभिभावकहरूलाई हाम्रो अनुरोध भनेको असल, सबल र सक्षम नागरिक निर्माण गर्नको लागि कुन स्कुल राम्रो छ भनेर बुझ्नको लागि आफैं गएर विद्यालय अवलोकन गर्नुहोस् । आफूलाई ठिक लागेपछि मात्रै त्यो विद्यालयमा आफ्ना नानीबाबु भर्ना गर्नको लागि जानुहोस् । एबिएमको सन्दर्भमा पनि हामीसँग धेरै सिटहरू छैन । हामीसँग अहिले भएका विद्यार्थीहरूमध्ये १० प्रतिशत टन ओभर हुन सक्छ भन्ने हिसाबले थोरै थोरै संख्यामा विद्यार्थी भर्ना लिने भन्ने सुरसार गरेका छौँ । हाम्रोमा केही छात्रवृत्तिका कोटाहरू पनि छन् । काभ्रे जिल्लामा रहेर राम्रो विद्यालयको खोजीमा हुनुहुन्छ भने हाम्रो विद्यालयमा आउन सक्नुहुनेछ । हामीले सहिद परिवारका छोराछोरीलाई निःशुल्क रुपमा पढाउँदै आएका छौँ । यसैगरी अति विपन्न हुनुहुन्छ वा जेहेनदार हुनुहुन्छ भने नेपाल सरकारको मापदण्ड भित्र रहेर पनि छात्रवृत्ति प्रदान गरिनै रहेका छौँ । त्यो भएपनि खाली भएको कोटामा तपाईहरु पढ्न आउन सक्नुहुन्छ । यहाँ आएर सम्पूर्ण भौतिक र शैक्षिक कुराहरूलाई अवलोकन गर्नुस् र त्यसपछि ठिक लागेपछि मात्रै भर्ना गर्न सक्नुहुन्छ । हामी निजी विद्यालय भएकोले शुल्कहरू लिन बाध्य छौँ तर धेरै महँगो पनि छैन । एबिएम स्कुल कस्तो छ भनेर एकचोटी अवलोकन गर्न आउन सक्नुहुनेछ । तपाईंहरुलाई स्वागतको लागि हामी आतुर छौँ ।
अब स्थानीय निकायको कुरा गरौं । स्थानीय सरकारले सरकारी विद्यालयहरूलाई नै नियमन गर्न सकिरहेको छैनन् भन्ने कुराहरु आइरहँदा तपाईँहरूसँग समन्वयको कुरा के छ ? नियमनको पाटो के छ ? उहाँहरूको भूमिका तपाईँहरू के छ ?
हाम्रा अभिभावकहरु त स्थानीय सरकार नै हुन । स्थानीय सरकारले आफ्नो निति नियम बनाउदा सबै बालबालिका राज्यका नागरिक हुन् भन्ने मान्यता राख्नुपर्छ । अर्को आफ्नो नगर क्षेत्रमा भएका नागरिकको समान उपलब्धि, समग्र बिकास र समृद्धि अनि शिक्षाकै आधार भएकाले राम्रा बिद्यालय हुनुलाई स्थानीय सरकारले अझ महत्वका साथ हेर्नुपर्छ । अनुगमन गर्ने सिलसिलामा पनि शिक्षा मन्त्रालय, बिभाग, समन्वय इकाई र स्थानीय सरकारको शिक्षा तथा खेलकुद शाखाले तय गरेका नीति नियमलाई कार्यान्वयन गर्न विविधको रुपमा नहेरी निजी र सरकारी दुबै बिद्यालयका शिक्षकलाई शिक्षण सिकाई सम्बन्धि ज्ञान, बालबालिकालाई प्रोत्साहन गर्ने खालका गतिविधि तथा प्रतियोगिता, सम्मानका कार्यक्रमहरुमा विभेद नहोस । र हरेक दिन अनुगमन हुने खालका निति नियम बनाईदिए हामी धेरै नै आभरी हुने थियौँ ।
बिद्यालयको यातायात, खेलकुद, शिक्षकलाई दिने तालिमको कुरा गरौँ । बिद्यालय भित्र प्रवेश गर्दै गर्दा यो बिद्यालय साँच्चै अभिभावकले रोजाईमा राख्नुपर्ने बिद्यालय हो भन्ने आधार के छ ?
बालबालिकाहरु खेलेर नै सिक्न चाहन्छन । त्यसकारण खेल मैदान अपरिहार्य हुन्छ । बालबालिकालाई ३६५ दिन नै खेल्न सजिलो होस भनेर फुटसल निर्माण गरेका छौँ । जहाँ कम्तीमा ३ सय विद्यार्थीले एकैपटक हेर्न र खेल्न सहज हुने ठाउँ छ । पिकल बल खेल मिल्ने ठाउँ निर्माण गर्दै छौँ । जुन बालबालिकादेखी वृद्धवृद्धाले समेत खेल्न मिल्नेछ । खेल्ने कुरामा थप नवीनतम कुराहरु जोड्दै छौँ । हाम्रो विद्यालयमा प्रयापत ल्याबको व्यवस्था पनि रहेको छ । कक्षा ४ देखि १२ सम्मका बालबालिकाले कक्षामा सिकेका कुरालाई ल्याबमा प्रयोग गर्ने र त्यहाँबाट हुने प्रोडक्सनलाई एक्जिभेसनको रुपमा हरेक शुक्रबार देखाईन्छ । यो बर्ष काभ्रे जिल्लामा धेरै ३६ ओटा भएको छ । हामी बनेपाभन्दा अलि पर छौँ । हेर्दा डाडामा छौँ । अलि टाढा जस्तो लाग्न सक्छ अभिभावक ज्युलाई तर गुणस्तरीय शिक्षामा प्रतिवद्ध छौं ।
आउनुस हेर्नुस् र राम्रो कुरा बुझिदिनुहुन अनुरोध गर्छु ।

ताजा अपडेट

खोजी गर्नुहोस