चुनाव ताका जनतालाई दिइएको आश्वासन क्रमशः पूरा गर्दै गइरहेका छौँ

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ बैशाख १२, शुक्रबार (१९ घण्टा अघि)
  • २७५ पटक पढिएको

चुनाव ताका जनतालाई दिइएको आश्वासन क्रमशः पूरा गर्दै गइरहेका छौँ

यो सालका लागि तपाईको निकायमा मुख्य के–के योजना अघि सार्नु भएको छ ? बजेटको अवस्था के छ ?
चालु आर्थिक वर्ष २०८१÷८२ को लागि भनेर बनाएका विभिन्न कार्यक्रमहरू सम्पन्न गर्नतर्फ नै लागिपरेका छौँ । हामीले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायत थुप्रै विषयमा कार्यक्रमहरू बनाएका छौँ । गत असोजमा गएको विध्वंसकारी बाढी पहिरोले गर्दा समग्र बेथानचोक गाउँपालिकामा धेरै क्षति पुगेको थियो । त्यसमा हाम्रो वडा पनि अछुतो रहन सकेन । त्यसको बावजुद पनि हामीले गर्नुपर्ने नियमित कार्यक्रमहरूलाई निरन्तरता दिँदै विभिन्न विकासका आयोजनाहरूलाई अगाडि बढाइरहेका छौँ । पूर्वाधार विकासका कामलाई पनि उत्तिकै जोड दिएर काम गरिरहेका छौँ । जस्तै गाउँपालिकादेखि वडा कार्यालयसम्म जोड्ने सडकको लागि आर्थिक वर्ष २०८०÷८१ मा नै बजेट परेको थियो । त्यो बजेट मार्फत अहिले निरन्तर काम भइरहेकै छ । बेथानचोक गाउँपालिकाले हरेक वर्ष गाउँपालिका भित्रका विभिन्न ठाउँमा पाँच किलोमिटर कालोपत्रे गर्ने भन्ने नीति लिएको छ । सोहीअन्तर्गत हाम्रो वडामा पनि अहिले सडकको कामहरू भइरहेको छ। यसैगरी संघीय सरकारबाट पनि गुवा भन्ज्याङ जुन वडामा प्रवेश गर्ने ठाउँमा पनि काम भैरहेको छ । यसको लागि १ करोड ६२ लाख बजेट रहेको छ । यसैगरी सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालयबाट साविक च्याम्रङबेसी गाविस वडा नम्बर २ को सडक चौडा बनाउने, ढलान गर्ने काम भैरहेको छ । यसको लागि एक करोड बजेट रहेको छ । यसैगरी बेथानचोक गाउँपालिकाकै बजेटबाट सम्पन्न हुनेगरी च्याम्राङबेसीबाट झिङ्गे सडक खण्ड अन्र्तगत भयाङगैरामा करिब १ सय ४३ मिटर ढलान गरेका छौँ । यसले गर्दा त्यो भूगोलमा जानको लागि धेरै नै सहज वातावरण निर्माण भएको छ। यसैगरी वडाभित्रको झिङ्गे, सुकुमफेदी, लामीडाँडा, फुर्केथली लगायतका ठाउँ तल्लो बेल्टमा छ । खोला बढेको समयमा कारणले हामीलाई ती ठाउँमा जान समस्या हुन्छ । बाढी पहिरो जस्ता विपतको समयमा त निकै गाह्रो भएको थियो । झन हिमपाईप बगाएपछि विभिन्न समस्याहरूको सामना गर्नुपरेको थियो । ती भूगोललाई हेरेर गाउँपालिकाकै बजेटबाट रतखोला बेलीव्रीज निर्माण लगाएत आवश्यक सडक मर्मतका कामहरूलाई अगाडि बढाइरहेका छौँ । यसमा २ करोडको बजेट रहेको छ । अरु नियमीत गा.पा स्तरीय र वडा स्तरीय योजनाहरु नियमीत संचालन भैरहेका छन ।
तपाईको निकायमा खानेपानीको अवस्था कस्तो छ ? सुधारका योजना कत्तिको बनेका छन् ?
खानेपानीको लागि पनि विभिन्न कामहरू गर्दै आएका छौँ । बाढी पहिरोले बगाएका खानेपानीका पाइपहरू व्यवस्थापन गरेका छौँ । तर पनि भने जसरी खानेपानी व्यवस्थापन हुन सकेको छैन । हामीले एक घर एक धाराको नीति लिएका थियौँ । यो नीतिलाई पूरा गर्नको लागि हामीले विभिन्न कदमहरू पनि चल्दै आएका छौँ तर कहिले बाढी पहिरो त कहिले डढेलोको कारण केही समस्याहरु पनि छन । चालु आर्थिक वर्षमा च्याम्राङबेसीको साविक वडा नम्बर ९ लगायतका बस्तीहरूमा खानेपानीका योजनाहरू सम्पन्न गर्ने गरी कार्यक्रमहरू तय गरेर अघिबढिरहेका छौँ । बाढी पहिरोले गर्दा सिंचाईमा धेरै क्षति पु¥याएको थियो । साविक च्याम्राङबेसी गाविसको वडा नम्बर २ मा ठुलो कृषि योग्य भूमि रहेको छ । त्यहाँ संचालित दुईवटा सिँचाइ योजनामा बाढी पहिरोले क्षति पुर्याएको थियो । वडाकै बजेटबाट सम्पन्न गर्नतर्फ लागिरहेका छौँ । यसैगरी सुकुम फेदीमा पनि वडाकै बजेट मार्फत सिंचाईको कामहरू भइरहेको छ ।
आधारभुत स्वास्थसेवा आफ्नो वडाभित्र २४ सै घन्टा प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको छ ?
हाम्रोमा स्वास्थ्यको लागि भवन थियो तर आवासीय भवन छैन । त्यस कारण भवन निर्माका लागि निरन्तर कार्य गरिरहेका छौँ । अघिल्लो वर्ष पनि हामीले त्यो भवनको तला थप गरेका थियौँ । यसपाली पनि हामीले २० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौँ । स्वास्थ्यकर्मीहरू नियमित रूपमा खटिनुहुन्छ । हाम्रोमा बर्थिङ सेन्टर पनि भएकाले आवासीय भवनहरू नै व्यवस्था गरेका छौँ । हामीले सकेसम्म २४ सै घण्टा सेवा प्रदान गर्न सक्ने गरी वातावरण बनाउने कोसिस गरिरहेका छौँ ।
शिक्षाका लागि के–के गर्नु भयो ? जस्तो आधारभूत शिक्षा, माध्यमिक शिक्षाका लागि के गर्नुभएको छ ?
शिक्षाको क्षेत्रमा पनि हामीले विभिन्न योजनाहरू सम्पन्न गर्दै शैक्षिक गुणस्तलाई वृद्धि गर्ने गरी काम गरिरहेका छौँ । पछिल्लो समय सामुदायिक विद्यालयभन्दा पनि नीजी विद्यालयमा विद्यार्थी र अभिभावक आकर्षित भइरहेको अवस्था छ। हामीले सामुदायिक विद्यालयमा पनि विद्यार्थीहरूलाई आकर्षित गराउनको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ। बेलाबेलामा हामी अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेका हुन्छौँ । सामुदायिक विद्यालयहरूमा बालबालिका शिशु कक्षा त्यसपछि सिधै एक कक्षामा भर्ना गर्ने अभ्यास थियो । त्यसकारण हामीले गाउँपालिकामा नै पहल गरेर कक्षा एक र शिशु कक्षाको बीचमा अर्को एउटा कक्षा रहने गरी शिक्षक नै व्यवस्थापन गरेर अध्यापन गराउनुपर्छ भनेर सुरुवात गरेका छौँ । निजी विद्यालयमा पनि एकैचोटि माथिल्लो कक्षामा लानेभन्दा पनि बिस्तारै तह वृद्धि गर्दै लग्नुहुन्छ । यसले शिक्षामा राम्रो प्रभाव पनि पारिरहेकोले हामीले पनि सामुदायिक विद्यालयको जग नै बलियो बनाउनुपर्छ भनेर प्रयास गरिरहेका छौँ । यसैगरी विद्यालयमा स्वच्छ खानेपानी पु¥याउने भनेर पनि प्रयास गरिरहेका छौँ । प्रदेश सरकारबाट हाम्रो वडामा रहेको दुईवटा विद्यालयलाई पाँच÷पाँच लाख बजेट पनि परेको छ । यी लगायतहरू थुप्रै कार्यक्रमहरू शिक्षाका क्षेत्रमा गरिरहेका छौँ ।
चुनाव ताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ?
निर्वाचनको समयमा हामीले जनतालाई धेरै ठूला खालका आश्वासन दिएका थिएनौँ । हाम्रो वडा पालिकाको अन्य वडाको तुलनामा अलि विकट ठाउँ छ । हामीले एउटा मुख्य प्रतिबद्धता के जनाएका थियौँ भने, वडाभित्र सञ्चालनमा रहेका मुख्य सडकहरु बाह्रै महिना सञ्चालन हुन सक्ने वातावरण तयार गर्छौं भनेका थियौ । विशेषगरी बर्खाको समयमा सडक सञ्चालन गर्न निकै गाह्रो हुन्थ्यो । आवतजावतमा पनि समस्या आइरहेको हामीले पनि देखेका भोगेका थियौँ । त्यसकारण पनि यो काम हाम्रो प्रमुख योजनामा समावेश गर्नुपर्छ भन्ने हाम्रो धारणा थियो । अहिले हप्ताभरि नै ठुलै पानी पर्यो भने अलग कुरा नत्र भने सामान्यतय हाम्रोमा बाटोहरुमा समस्या आएको छैन । वडाको तल्लो भेगका केही ठाउँहरूमा चट्याङको अति जोखिमयुक्त स्थानहरू छन् । ती ठाउँहरूलाई कसरी चट्याङ प्रतिरोधी क्षेत्र बनाउन सकिन्छ भनेर हामीले प्रयास पनि गरेका छौँ । हरेक वर्ष चट्याङ लागेर पशु, जनधनको निकै क्षति हुने गरेको थियो । त्यसकारण त्यो ठाउँलाई चट्याङ प्रतिरोधी क्षेत्र नै बनाउनुपर्छ भनेर हामीले अभियानकै रुपमा कार्यक्रमहरु सञ्चालन गर्यौ । अहिले हामीले १० वटा ठाउँमा पोलहरू राखेका छौँ । चट्याङबाट क्षति हुन नदिनको लागि आवश्यक पर्ने थप सामग्रीहरूको पनि व्यवस्थापन गर्दै अगाडि बढेका छौँ । जुन कुरा हामीले चुनावको बेलामा पनि बोलेका थियौँ । त्यसैगरी हामीले चुनावको समयमा सडक स्तरउन्नतिसँगै खानेपानी, स्वास्थ्य क्षेत्रमा सुधार, गुणस्तरीय शिक्षा लगायतका कुराहरू भनेका थियौँ । जुन हामीले अहिले क्रमश पुरा गर्दै गइरहेका छौँ । बोलीलेभन्दा पनि कामले प्रमाणित गर्नुपर्छ भनेर हामी चुनावी मैदानमा होमिएका थियौँ । सोहिअनुसार नै हामी अहिले अगाडि बढिरहेका छौँ । यो अवधिसम्म आइपुग्दा हामीले चुनावको समयमा बोलेका अथवा घोषणापत्रमा जाहेर गरेका ५० प्रतिशत काम पूरा गरिसकेका छौँ । अब बाँकी रहेका समयमा हामी अरु कामहरु पनि क्रमश गर्दै जानेछौं ।

वडागत रूपमा गर्नुपर्ने कामहरू र हाम्रा क्षेत्राधिकारभित्रका कामहरू हामीले पछाडि पर्न दिएका छैनौँ । नियमित रुपमा गर्ने कामहरू त निरन्तर रुपमा चल्छ नै त्यो बाहेक पनि जनताको सुख दुःखमा हामी हरदम साथ दिनको लागि प्रयासरत रहन्छौँ ।

जनताले घरमै सिंहदरवार महशुस हुने के–के काम गर्नुभयो ?
जब देश संघीयतामा गयो तबसबै सेवाहरू गाउँँगाउँमा नै विस्तार हुनेछ भन्ने नागरिकहरूमा एक खालको उत्साह थियो । सबैभन्दा नजिकको सरकार वडा हो । वडाबाट जति राम्रा र सफल कामहरू गर्न सम्भव हुन्छ त्यति नै माथिल्ला सरकारहरू पनि सफल भए भन्ने कुरा झल्किन्छ । वडागत रूपमा गर्नुपर्ने कामहरू र हाम्रा क्षेत्राधिकारभित्रका कामहरू हामीले पछाडि पर्न दिएका छैनौँ । नियमित रुपमा गर्ने कामहरू त निरन्तर रुपमा चल्छ नै त्यो बाहेक पनि जनताको सुख दुःखमा हामी हरदम साथ दिनको लागि प्रयासरत रहन्छौँ । हामी सकेसम्म जनताहरूप्रति नै केन्द्रित रहेर उहाँहरूको माग र आवश्यकता बमोजिम नै छिटो र छरितो ढङ्गबाट सेवा प्रदान गर्न प्रयास गरिरहेका हुन्छौँ । हाम्रा वडाका नागरिकहरू विभिन्न ठाउँमा छरिएर रहनुभएको छ । सबैजना वडाभित्र नै स्थायी रुपमा बसिरहनु भएको पनि छैन । उहाँहरुलाई वडाबाट प्रदान हुने सेवाहरूमा चाहिँ हामी सकेसम्म सहज वातावरण तय गरी सेवा दिन तत्पर रहने गरेका छौँ । हामीले अरु कार्यालयमा जसरी १० देखि ५ बजेसम्मको कार्यालय समय भनेर बसेका छैनौँ । हामीले आवश्यक परेको खण्डमा उहाँहरु समक्ष चौबिसै घण्टा उपलब्ध हुने प्रयास गर्छौं । शनिबार वा अन्य विदाको समय भनेर पनि हामीले काम नगरी बसेका हुँदैनौँ । यही क्षेत्रबाट मात्रै सेवा दिने भनेर कार्यालयभित्र मात्र नभएर जनतालाई आवश्यक परेको ठाउँमा नै गएर पनि सेवा दिन हामी तत्पर छौँ । हाम्रो भौगोलिक विकटताको कारण पनि समस्या नै छ । जनप्रतिनिधि नहुँदाखेरि नागरिकहरूले सेवा लिनको लागि धुलिखेलसम्म धाउनुपर्ने अवस्था थियो । अहिले त्यो अवस्था छैन ।
कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण, व्यावसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?
हाम्रो वडा कृषि र पशुपालनमा निकै राम्रो सम्भावना भएको क्षेत्र हो । यहाँ भैंसीपालनको लागि पनि राम्रो सम्भावना छ । धेरै किसानहरुले यहीबाट नाफामुखी व्यवसाय पनि गरिरहनु भएको छ । मौरीपालन, कफी खेती, कागती खेती, तरकारी खेती लगायतका विभिन्न खेतीहरूको लागि राम्रो सम्भावना छ । बजारीकरणको लागि भौगोलिक विकटताको कारण चुनौती छ । वडाले पनि छुट्टै बजारीकरण विशेष कार्यक्रम भनेर अहिलेसम्म ल्याउन सकेको छैन । तर पनि किसानहरूले आफ्ना उत्पादनलाई बोकेर बजार नै जानुपरेको अवस्था छैन । यहाँको उत्पादन राम्रो भएका कारणले यही लिन आउनुहुन्छ । बजार मूल्यको लागि चाहिँ केही समस्या नै छ । सम्बन्धित निकायबाट मूल्य नतोकिँदाखेरि धेरै किसानहरू मारमा पनि पर्नुहुन्छ । यस विषयमा हामी पनि गम्भीर छौँ । यसमा थप के गर्न सकिन्छ भनेर हामी छलफलको चरणमा छौँ । तर अहिले तत्काल कार्यान्वयनको चरणमा पुगिसकेका छैनौं । गर्न चाहने किसानहरूको लागि हामीले विभिन्न अनुदानका कार्यक्रमहरु पनि ल्याइरहेका हुन्छौँ । जस्तै मौरी पालन गर्ने किसानहरूको लागि घार निःशुल्क उपलब्ध गराउने काम गरेका थियौँ । मौरी पालनको लागि भनेर चालु आर्थिक वर्षमा पनि हामीले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौँ । हामीले ‘एक घर एक मौरी घार’ भन्ने उद्देश्य लिएर नै कार्यक्रम गरिरहेका छौँ । किसान लक्षित गरेर हामीले धेरै खालका कार्यक्रमहरू गरिरहेका छौँ । केही कार्यक्रमहरुले निकै राम्रो प्रभाव पनि पारेका छन् । भैंसी प्रवर्धन कार्यक्रम, गोठ सुधार, च्याफ कटर वितरण लगायतका कार्यक्रम गरिरहेका छौँ ।
महिला, दलित, अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि के–के कार्यक्रमहरु छन् ?
पहिले देश संघीयतामा जानुअघि महिला, बालबालिका, दलित समुदायको लागि भनेर छुट्टै बजेट बनाउनुपर्ने अवस्था थियो । पहिले जिल्लाबाट नैै जिल्ला भरिका सबै ठाउँमा यी क्षेत्रमा कार्यक्रमहरू पुर्याउनुपर्ने हुन्थ्यो भने अहिले हरेक स्थानीय तहमा नै यो अधिकार भएको कारणले गर्दाखेरि थप सहज भएको छ । गाउँपालिकाको विषय सम्बन्धि शाखाले नै यसका विशेष कार्यक्रमहरू हेरिरहेको हुन्छ । जसले गर्दा गाउँपालिका भित्रका सबै वडाका नागरिकहरुलाई यस्ता कार्यक्रममा समावेश गराउन सकिएको छ । त्योभन्दा बाहेक पनि वडाले छुट्टै कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। जस्तै गत वर्षमा हामीले वाइलिङ मेसिनहरू पनि दिएका थियौँ । दलित समुदायको लागि हामीले इलेक्ट्रिक चुलोहरू पनि वितरण गरेका थियौँ । हाम्रो वडामा भएका पाँचवटा विद्यालयको लागि हामीले बजेटहरु विनियोजन गरेर गतवर्ष शैक्षिक भ्रमण पनि पठाएका थियौँ । यसरी हामीले बालबालिकाका कुराहरुलाई पनि सम्बोधन गरिरहेका हुन्छौँ । जेष्ठ नागरिकहरूको लागि पनि विशेष कार्यक्रमहरू हुँदै आएको छ। जेष्ठ नागरिकहरूलाई न्यानो कपडा पनि वितरण गरेका थियौँ । बालबालिकाहरुको लागि विद्यालय पोषक पनि वितरण गरिरहेका हुन्छौँ । महिलाहरूको लागि पनि हामीले विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ । उहाँहरूलाई विभिन्न खालका सीप सिकाएर आत्मनिर्भर बनाउन पनि एउटा प्रयासरत रहेको हुन्छ। गतवर्ष हामीले टपरि बुन्ने कार्यक्रम गरेका थियौँ। यो वर्ष चाहिँ हामीले महिलाहरूलाई उनबाट स्वीटर,टोपी बनाउने तालिमहरु प्रदान गरेका छौँ । जति बजेट सम्भव हुन्छ त्यति हामीले विनियोजन गरेर उहाँहरूको क्षेत्रमा कार्यक्रम गरिरहेका हुन्छौँ ।
कार्यालयबाट सम्पादन हुने सबै कामहरुको नागरिक बडापत्र तयार गरि सबैले देख्ने ठाउँमा राखी तेस बमोजिम अनुसरण भएका छन ? छैनन भने कहिलेबाट गर्नुहुन्छ ?
नागरीक बडापत्र राख्नको लागि हामीले तयारी गरिरहेका छौँ । गाउँपालिकाबाट नै यसको लागि पहल भइरहेको छ । बडापत्रमा हुनुपर्ने सबै कुराहरू चाहिँ व्यवस्था गरिसकेका छौ तर यसको लागि केही समय लाग्ने भएको छ । नीतिगत व्यवस्था अनुसार नै हामी कामहरू गरिरहेका छौँ ।
तपाईको वडा बालमैत्री कहिलेसम्म घोषणा हुन्छ ?
हाम्रो वडामा वालमैत्री हुनका लागी आवश्यक लगभग ८० प्रतिशत सुचकहरु पुरा भैसकेका छन् । यद्यपी विविध कारण हामीले वालमैत्री वडा घोषणा गर्न सकिरहेका छैनौ । २÷४ वटा सुचकहरु पुरा गर्न वाकी छ । त्यो पुरा गरेर हामी चाडैनै हाम्रौ वडालाई वालमैत्री वडा घोषणा गर्ने योजनामा छौँ ।
विपद् व्यवस्थापनको लागि विषेश योजनाहरु छन:
विपद ब्यवस्थापनका लागी गाउँपलिकामा हामिले विपद ब्यवस्थापन कोष स्थापना गरेका छौँ । त्यसैवाट वडामा विपदमा परेकालाई वढिमा २५०००।– सम्म सहयोग गर्दै आईरहेका छौँ । यसको अलवा हामिले वडा कार्यालयमा पनि विपद ब्यवस्थापन मा रु २०००००।– वजेट विनियोजन गरेका छौँ । यसलाई पनि हामी विपद परेको खण्डमा खर्च गर्न सक्छौ । यस्तै हामी बेथानचोक गा.पा र वडाको सक्रियतामा विपद परेको जुनसुकै वेला स्थानीयवासीको सहयोग लिएर उक्त विपद सामान गर्न तयार भैरहेका हुन्छौँ

पलाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

२०८२ बैशाख ९, मंगलबार

रविओपी बजगाई टोलमा आगलागी

खोजी गर्नुहोस