धुलिखेलमा लोकदोहोरी प्रतियोगिता, वडा नं. ८ प्रथम

  • काभ्रे खबर
  • / कला/संस्कृति /
  • २०८१ भाद्र १५, शनिबार (२ हप्ता अघि)
  • २३५ पटक पढिएको

धुलिखेलमा लोकदोहोरी प्रतियोगिता, वडा नं. ८ प्रथम

हरितालिका तिजको अबसरमा जिल्लामा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको छ।

यसै अवसरमा धुलिखेल नगरपालिकाले दोहोरी गीत प्रतियोगिता आयोजना गरेको छ प्रतियोगिता मा वडा नम्बर ८ को `क´ टिम प्रथम भएको छ ।

‘धुलिखेल नगरको आह्वान, घर घरमा नारीको सम्मान’ भन्ने विषयमा दोहोरी गीत प्रतियोगिता भएको हो।

तिज गीत प्रतियोगितामा नगरपालिका भित्रका बाट ८ वटा टिम सहभागि थिए। ती मध्ये वडा नम्बर ८ `क´ टिम प्रथम भएको हो । प्रथमसंगै उसले नगद १० हजार र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ

प्रतियोगितामा वडा नं. १० को टिम दोस्रो स्थान हात पार्न सफल भएको छ । उसले ७ हजार नगद प्राप्त गरेको छ । वडा नम्बर ११ तेस्रो भएर ५ हजार प्राप्त गरेको छ यस्तै वडा नम्बर ३ सान्त्वना भएको छ । उसले ३ तीन हजार रूपैयाँ नगद प्राप्त गरेको छ।

बरिस्ठ लोकगायक मच्छेश्वर सापकोटा ,रामहरि न्यौपाने र सरु गौतमले निर्णायकको भुमिका निर्वाह गरेका थिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस