काभ्रे जिल्ला व्यापी अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता’ सम्पन

  • काभ्रे खबर
  • / कला/संस्कृति /
  • २०८१ भाद्र १६, आईतबार (१ महिना अघि)
  • १५२ पटक पढिएको

काभ्रे जिल्ला व्यापी अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता’ सम्पन

प्याव्सन काभ्रेसँगको सहकार्यमा विद्यासागर माविको आयोजनामा भएको ‘प्याव्सन काभ्रे जिल्ला व्यापी अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता’को उपाधी बागमती स्कुल बनेपाले जितेको छ ।
आज बनेपामा सम्पन्न प्रतियोगितामा काभ्रे मावि पनौती दोस्रो र स्प्रिङ हिल स्कुल तेस्रो हुँदा सान्त्वना पुरस्कार नाइटिंगेल इङ्लिस स्कुल बनेपाले प्राप्त गर्‍यो । प्रतियोगितामा १० हजार नगदसहित बेस्ट कोरियोग्राफरको उपाधि निशा कार्कीलाई प्रदान गरियो ।
प्रतियोगितामा काभ्रे जिल्लाभरका ३४ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा नृत्य निर्देशक श्याम खड्गी, महेश केसी र सुजिता घिमिरेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगिताको समापन कार्यक्रम नृत्य निर्देशक कमल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रतियोगिताको उद्घाटन प्याव्सनका केन्द्रीय उप महासचिव भीमसेन केसीले गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा प्याव्सनका केन्द्रीय उपमहासचिव भीमसेन केसी, सचिव एवं आयोजक विद्यालय विद्यासागर अंग्रेजी माविका प्राचार्य हिरा शर्मा नेपाल, कार्यक्रम संयोजक मुक्ति रिजालले मन्तव्य राखेका थिए । कार्यक्रम प्याव्सन काभ्रेका अध्यक्ष श्याम भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

खोजी गर्नुहोस