गृहिणी महिला एकल नृत्य प्रतियोगिताको उपाधी विणुलाई

  • काभ्रे खबर
  • / कला/संस्कृति /
  • २०८१ भाद्र १६, आईतबार (२ हप्ता अघि)
  • ४८० पटक पढिएको

गृहिणी महिला एकल नृत्य प्रतियोगिताको उपाधी विणुलाई

काभ्रे – युनाइटेड फिटनेश एण्ड डान्स सेन्टर बनेपाले आयोजना गरेको गृहिणी महिला एकल नृत्य प्रतियोगिताको उपाधी पनौतीकी विणु लामाले हासिल गरेकी छिन् । शनिबार, काभ्रेको बनेपामा आयोजित सो प्रतियोगितामा बनेपाकी सुमित्रा देवि श्रेष्ठ द्वितिय र धुलिखेल–५ श्रीखण्डपुरकी सुर्य कमल श्रेष्ठ तृतीय भएकी छिन् ।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार रुपैंया, द्वितियलाई ७ हजार र तृतीयलाई ५ हजार रुपैंयाका साथै प्रमाण–पत्र र थुप्रै पुरस्कारहरु वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम, युनाइटेड फिटनेश एण्ड डान्स सेन्टरकी सञ्चालक सजिना श्रेष्ठ लगायतले प्रतियोगिताका विजयीहरुलाई नगद, प्रमण–पत्र तथा पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा सडक छेउमा व्यापार, व्यवसाय गरेर जिविकोपार्जन गर्दै आएका ३ जनालाई महिलाहरुलाई ‘नारी सम्मान’बाट सम्मान गरिएको थियो । टेम्पो चालक सुनिता बि.क, क्रममा सडक छेउमा मकै पोलेर व्यापार गर्दै आएका इश्वरी गिरी र डोल्मा तामाङलाई नगद रु ५ हजार रुपैंयाका साथै विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो ।
त्यस्तै, कार्यक्रममा समाजमा अनुकरणीय कार्य गर्दै ४ जनालाई व्यक्तित्व सम्मान गरिएको थियो । नृत्यकर्मी भुषण भोमी श्रेष्ठ, मोहन तौजले, सुदिप श्रेष्ठ र फोटो पत्रकार भुवन भोनिृत्यकर्मी भुषण भोमी श्रेष्ठ, मोहन तौजले, सुदिप श्रेष्ठ र फोटो पत्रकार भुवन भोछिभोयालाई सम्मान गरिएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस