काभ्रे कांग्रेस द्वारा आयोजित हरितालिका तीज बिशेष कार्यक्रममा महिला दिदीबहिनीको उत्सहाजनक सहभगिता

  • काभ्रे खबर
  • / कला/संस्कृति /
  • २०८१ भाद्र १६, आईतबार (२ हप्ता अघि)
  • २२४ पटक पढिएको

काभ्रे कांग्रेस  द्वारा आयोजित हरितालिका तीज बिशेष कार्यक्रममा महिला दिदीबहिनीको उत्सहाजनक सहभगिता

काभ्रे । महिलाहरुको सम्मानमा नेपाली कांग्रेस काभ्रेले हरितालिका तीजको अवसरमा आयोजना गरेको तीज विशेष कार्यक्रम बनेपामा सम्पन्न भएको छ ।

‘दर’सहितको कार्यक्रममा पार्टीका विभिन्न संरचना, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध महिला दिदिबहिनी एवं जनप्रतिनिधिहरू समेत गरी करिब २ हजार भन्दा बढीको सहभागिता रहेको नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरिले जानकारी दिए।

महिला दिदीबहिनीहरुको सम्मानमा तीज विशेष कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस काभ्रेका सभापति एवं वाग्मती प्रदेशका पूर्व मन्त्री तीर्थ लामाले जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथि कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले कांग्रेस सदैव महिला हकहित, स्वतन्त्रता र अधिकारको पक्षमा रहेको बताइन् । कांग्रेसले नै महिलाहरुलाई अवसर दिएको भन्दै तीज जस्ता पर्वले यसलाई अझै टेवा पुर्याउने बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, वाग्मती प्रदेश महामन्त्री कञ्चनचन्द्र बादे, कांग्रेस नेता इन्द्रमणि अधिकारी, वाग्मती प्रदेश सभा सदस्य मसिना खड्का, सोना परियार, नेपाली कांग्रेस वाग्मती प्रदेश सभा सदस्य सुनिता तामाङ, नेपाल महिला संघका केन्द्रीय सदस्य लिला नेपाल, नेपाल महिला संघ काभ्रेका अध्यक्ष समेत रहेका महासमिति सदस्य शुभलक्ष्मी मानन्धर, महाधिवेशन प्रतिनिधी मिरा कटुवाल, मञ्जु शाह, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य अनिता थापा, सनिता बजगाई, नेपाल तरुण दलका केन्द्रीय सदस्य स्मिता तामाङ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अनिता सापकोटा लगायतले महिलाहरुको सम्मानमा पार्टीले तीज विशेष कार्यक्रम आयोजना गरेको भन्दै आभार प्रकट गरे

कार्यक्रममा चर्चित गायक विक्रम जंग शाह, रामहरी न्यौपाने, भुमिका गिरी, चिजा तामाङ, सुमित्रा लामा, नविना सिलवाल (खुइली), धनपति दाहाल लगायतका गायक, कलाकारको प्रस्तुतीमा महिला मात्रै नाचेनन्, पार्टीका नेता, कार्यकर्तासहित उपस्थित सबै पुरुषहरु पनि नाचे ।

सहभागीहरु विभिन्न समुहमा दोहोरी गाएर मनोरञ्जन समेत लिएका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस