क्रिस्टल र रिजालाई मिस्टर एन्ड मिस टिन काभ्रेको उपाधी

  • काभ्रे खबर
  • / कला/संस्कृति /
  • २०८१ भाद्र २३, आईतबार (१ हप्ता अघि)
  • २७९ पटक पढिएको

क्रिस्टल र रिजालाई मिस्टर एन्ड मिस टिन काभ्रेको उपाधी

क्रिस्टल र रिजाले मिस्टर एन्ड मिस टिन काभ्रेको उपाधी जितेका छ्न
बिआरएम इभेन्ट म्यानेजमेन्टले काभ्रेको बनेपामा शनिबार आयोजना गरेको प्रतियोगितामा मिस्टर टिन काभ्रेमा क्रिस्टल मानन्धरले मिस टिन काभ्रेमा रिजामानन्धरले उपाधि हात पारेका हुन् । उनीहरुले ३५ हजार रुपैयाँ नगद, ट्रफ्रीलगायत पुरस्कार जिते ।
त्यस्तै, मिस टिन काभ्रेको फस्ट रनरअपमा अञ्जली राई र सेकेण्ड रनरअपमा क्रिस्टिना मानन्धर भएका छन् । मिस्टर टिन काभ्रेको फस्ट रनरअपमा महेश केसी, सेकेण्ड रनरअपमा विराज रंजितकार र थर्ड रनरअप अदित थापा भएका छन् । उनीहरुले पनि ट्रफी र अन्य पुरस्कारहरु पाए ।
मिस्टर एण्ड मिस टिन काभ्रेका विजेतालाई नगद रु ३५ हजार र पुरस्कारहरु र फस्टर र सेकेण्ड रनर अप उपाधि हासिल गर्नेलाई प्रमाण–पत्र तथा विभिन्न पुरस्कारहरु वितरण गरिएको मिस्टर एण्ड मिस टिन काभ्रे कार्यक्रमकी अध्यक्ष विनु कर्मचार्यले जानकारी दिइन् ।
विजेताहरुलाई जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा १३ वर्षदेखि १९ वर्ष उमेर समूहका १४ जना प्रतियोगीहरु सहभागी भएका थिए ।
प्रमुख गौतमले यस प्रकारका कार्यक्रमले युवाहरुभित्र रहेको प्रतिभा प्रस्फुटन हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कला संस्कृति र संस्कारको जर्गेणा गर्नको लागि मिस्टर एण्ड मिस टिन काभ्रेको आयोजना गरिएको कार्यक्रम व्यवस्थापक रामेश्वरी मानन्धरले जानकारी दिइन्।

टिन एजका युवा युवतीको क्षमता अभिवृद्धिका लागि आयोजित यो प्रतियोगिता एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा संचालन गराइएको र
यसका साथै उनीहरुभित्र भएको प्रतिभा पनि प्रस्फुटन भएको कार्यक्रम संयोजक मनिसा श्रेष्ठले बताइन् ।
इन्द्र नारायण भैल, राधिका केसि,मोडल एक्टर सुप्रीम पाण्डे, मोडल सितोश्ना केसि मिस्टर एण्ड मिस टिन काभ्रेको निर्णायक थिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस