जोशी र लाकोजू पुरस्कृत

  • काभ्रे खबर
  • / कला/संस्कृति /
  • २०८१ भाद्र ३०, आईतबार (३ दिन अघि)
  • ९१ पटक पढिएको

जोशी र  लाकोजू पुरस्कृत

संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद् एवम् साहित्यकार सूर्यप्रसाद लाकोजू पुरस्कृत भएका छन् । बनेपामा जन्मिएर काभ्रेको शिक्षा, साहित्य र संस्कृति क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका संस्कृतिविद् ज्ञानकाजी मानन्धर र उनका पिता मोहनलाल खिँको स्मृतिमा स्थापित ज्ञानकाजी– मोहनलाल खिं स्मृति सेवा कोषले उनीहरुलाई सम्मान गरेको हो ।

अक्षयकोष स्थापनासँगै पहिलो पटक कोषबाट संस्कृति शिरोमणि जोशी र संस्कृतिविद् लाकोजू सम्मानित भएका हुन् । सम्मानितमध्ये जोशीलाई ज्ञानकाजी– मोहनलाल खिं इतिहास गौरव सम्मान र साहित्यकार एवम् संस्कृतिविद् सूर्यप्रसाद लाकोजूलाई ज्ञानकाजी– मोहनलाल खिं संस्कृति गौरव सम्मान प्रदान गरिएको हो ।

दुवैलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो । सो सम्मान कार्यक्रममा प्रा डा. पुरूषोत्तमलोचन श्रेष्ठले मानिसलाई चिरकालसम्म चिनाउने उसको कर्म हुने उल्लेख गर्दै स्व. ज्ञानकाजी मानन्धर काभ्रे अध्ययनका लागि स्रोत व्यक्ति रहेको बताए । उनले इतिहास र संस्कृतिमा स्व. मानन्धरको योगदान प्रकाशित कृतिले प्रष्ट पारेको जनाए । हरेक वर्ष इतिहास, शिक्षा र संस्कृतिको क्षेत्रमा उल्लेखनीय काम गरेका व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने कुरा ज्ञानकाजी मानन्धरको सुपुत्र प्रकाश मानन्धरले बताएका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस