बा–आमाको सफल छोरा बन्ुनु हर कोहीको सपना हुन्छ, तर केही सपना यस्ता हुन्छन, केवल ह्रदयबाट निस्केर जीवनको उद्देश्य बनाउँदछन । मेरो सपना सानो होइन , यो एउटा यात्रा हो जसले मलाई मेरो अस्तित्वको गहिराईसम्म पु¥याउँछ । हामी सबैलाई थहा छ की जिन्दागी सधैँ सहज हुदैन । तर मनमा एक स्पष्ट उद्देश्य छ भने कुनै पनि चुनौतिलाई पार गर्नको लागि पे्ररणा मिल्छ । मेरो जीवनको गहिरो उद्देश्य थियो, आफ्नो लक्ष्य पुरा गर्नु अनि बा आमाको एक सफल छोरा बन्नु ।
म सधैँ सम्झिन्छु जब म सानो थिएँ, बा आमाको आँसु र मुस्कानको बीचको संघर्ष देखेको थिएँ । बा आमाले आफ्नो छोरा छोरीको लागि गरेका अनगिन्ती दुःखहरु देखेको थिएँ । एकैसाथ घरको काम र बहिरको संघर्षमा जुट्दै उनीहरुले आफ्नो छोरा छोरीको लागि अनगिन्ती इच्छाहरु त्यागेको देखेको थिएँ । मलाई सधै लागेको थियो कि उनीहरुको सघर्ष केवल शारिरीक मात्र थिएन , त्यो मनसिक र भावनात्मक थियो । त्यसैले मैले आफ्नो सपनाहरुलाई एक वास्तविक लक्ष्यको रुपमा लिएँ । जस्ले बा आमाको आशा र मेहेनतलाई सम्मान दिन सकोस ।
म आफुलाइ सक्षम बनाउन चाहन्थे । आफ्नो सफलतासंगै बा आमाको सपनाहरु पनि पुरा गर्नु थियो । जबसम्म मेरो लक्ष्यको बाटो नतिजा दिदैन, तबसम्म मैले जस्तोसुकै कठिनाईहरुलाई स्वीकारेर अघि बढ्नु पर्छ । म त्यो कठिन समयलाई सम्झन्छु । त्यो समय बा आमाको माया, बलिदान र आशा सम्झिन्छु । मैले कहिल्यै बा आमाको संघर्षलाई हल्का रुपमा लिइनँ । धेरै पटक मैले लक्ष्यको बाटोमा निराशा र अवरोधहरुको अनुभव गरे । कहिले काहि यस्तो पनि लाग्थ्यो सायद मैले हार खाईरहेको छु । तर म त्यही हारहरुमा बा आमाको शब्द सम्झन्थे । जब सम्म तिमिले सफलता पाउँदैनौ प्रयास गर्नु तबसम्म हार स्वीकार्नु हुदैँन । त्यहि शब्दहरुको पे्ररणाले मलाई सशाक्त बनाउँन मद्दत पु¥याउथ्यो।
अहिले म जति पनि सफलतामा पुगेको महसुस लाग्छ त्यसको पछािड बा अममाको संघर्षका ठुलो हिस्सा छ । मैले धेरै त होइन केहि सफलताहरु प्राप्त गरेका महसुश गरेको छु । हरेक सफलता र प्रगतिको एक दिनको काम होइन जसमा रात दिनको कठिन परिश्रम, माया र बलिदानको गहिरो सदस्य लुकेको हुन्छ । अगाडि बढ्दै जाँदा बाँच्ने क्रममा मैले धेरै पिँडा संघर्ष र निराशा भोगे, तर यी सबैका बीचमा म सधै बा आमाको माया र समर्थनलाई सम्भन्छु ।
बा आमा म जन्दिन के तपाइलाई थाहा छ कि म तपाईको अपेक्षाहरु पुरा गर्न सफल भएको छैन तर मैले मेरो सबै प्रयास गरेर मेरो लागि वास्तविकता बनाउँन चाहेकौ छु । तपाइलाई गर्व गर्ने ठाउँ दिन सकेको दिन मेरो जीवनको सफलता हुनेछ ।
मैले कहिले आफ्नो लक्ष्यलाई भुलेको छैन । मेरो लक्ष्य एकदम स्पष्ट छ । मलाई बा आमाको सफल छोरा बन्नु छ । मेरो संघर्ष र अध्ययन त्यही उद्देश्यको लागि हो । यो मलाई रामा्रेसंग थाहा छ । तर कहिलेकाँही जब म हार्छु तव थकित हुन्छु , तर त्यो बेला बा आमाको आँखामा देखिएको आशाहरुलाई सम्झेर अगाडि बढ्छु ।