‘घामका उपासक’ सुर्यप्रसाद लाकोजु लोकार्पण


‘घामका उपासक’ सुर्यप्रसाद लाकोजु  लोकार्पण

कवि सूर्य प्रसाद लाकोजूको चर्चित कविता कृति मेरो घाम नामक कवितासङ्ग्रहमाथि लेखिएको घामका उपासक सूर्यप्रसाद लाकोजू नामक समालोचना कृति एक कार्यक्रम बीच साहित्यकार तुलसीप्रसाद भट्टराईले लोकार्पण गरेका छन् ।
साहित्यकार भीमप्रसाद काफ्लेद्वारा लिखित सो कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै डा भट्टराईले उमेरमा आफूभन्दा कनिष्ठ तर लेखनमा बरिष्ठ भएकै कारणले यो पुस्तक प्रकाशन भएको बिचार पोखे । कवि सूर्य लाकोजूको मेरो घामभित्रका कविताहरू हृदयस्पर्शी भएका कारण ती कविताहरूका बारेमा पुस्तक नै लेख्नु सामान्य कुरा नभएको उनले बताए । लेखक भीमप्रसाद काफ्लेले मेरो घामले आफूलाई स्पर्श गरेकै कारणले यो पुस्तक तयारभएको प्रतिक्रिया दिए । त्यस्तै टिप्पणीकार तुयुकाजी ताम्राकारले सुन्दर कवितामाथि व्याख्यात्मक समालोचना भएको विचार व्यक्त गरे । कार्यक्रममा कवि सूर्य लाकोजू, विष्णु ओलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सूर्यप्रसाद लाकोजू सिर्जना , साहित्यिक पत्रकारिता र साहित्यिक अभियानका त्रिवेणी हुन् । उनै साहित्यकार , साहित्यिक पत्रकार, साहित्यिक अभियन्ता सूर्य लाकोजूको व्यक्तित्व र कवित्व झल्कने गरी सो पुस्तक तयार पारिएको हो । पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस