सयपत्री सम्मान जिवेन्द्रदेव र प्रभातलाई प्रदान गरिने


सयपत्री सम्मान जिवेन्द्रदेव र प्रभातलाई प्रदान गरिने

बनेपा । यस वर्षको सयपत्री राष्ट्रिय सम्मान २०८१ बाट वरिष्ठ साहित्यकार प्रा.डा.जिवेन्द्रदेव गिरी र काभ्रेली साहित्यका प्रभात सापकोटालाई प्रदान गरिने भएको छ । सयपत्री प्रतिष्ठान नेपाल जनागालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मवयन्तीको अवसरमा विगत २०५५ सालदेखि जनागालमा साहित्यिक कार्यक्रम संचालन गरि राष्ट्रिय स्तरका एक र काभ्रेली एक श्रष्टालाई दम्पत्ति सहित वर्षेनी सयपत्री राष्ट्रिय सम्मानबाट सम्मानित गर्दै आएको छ । प्रतिष्ठानको शनिवार बसेको बैठकले गिरीलाई उहाँकी जीवनसंङ्गीनी पार्वती गिरी र सापकोटालाई उहाँकी जीवनसंङ्गीनी सरस्वती सापकोटाका साथ सम्मान गर्ने निर्णय गरेको थियो । महाकवि देवकोटाको ११५औं जन्मजयन्तिको अवसरमा आगामी कार्तिक १६ गते एक साहित्यिक कार्यक्रमका वीच उहाँहरुलाई सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ । वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लाहकार मोहन दुवालको संयोजकत्वमा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठ र सचिव रामसुन्दर देउजाको छनौट उप समितिले यस वर्ष सम्मानित श्रष्टाहरुको नाम सिफारिस गरेको थियो । प्रतिष्ठानले सम्मान कार्यक्रममा कवि गोष्ठी समेत हुने भएकोले श्रष्टाहरुलाई सहभागिताको लागि समेत अनुरोध गरेको छ । प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे, रमेश विकल, कृष्णचन्द्र सिंह प्रधान, कृष्णप्रसाल पराजुली, चितरञ्जन नेपाली, माधवलाल कर्माचार्य, मन्जुल, मोहन दुवाल, डा.रामप्रसाद ज्ञवाली, आनन्ददेव भट्ट, मोदनाथ प्रश्रित, डा.सुरेशराज शर्मा, डा अभिसुवेदी लगायत ६० भन्दा बढी श्रष्टा र दम्पत्तिलाई सम्मान गरि सकेको छ ।

ताजा अपडेट

२०८१ कार्तिक १२, सोमबार

सुनको मूल्य ४ सय रूपैयाँ घट्यो

२०८१ कार्तिक ११, आईतबार

एल क्लासिकोमा रियलको नमिठो हार

२०८१ कार्तिक १०, शनिबार

कालीजंग गणको २२० औं बार्षिकोत्सव

खोजी गर्नुहोस