गृहमन्त्रीको सहमतिमा पाँच वर्षे हदम्याद हटाइयो

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १४, शुक्रबार (२ हप्ता अघि)
  • ८५ पटक पढिएको

गृहमन्त्रीको सहमतिमा पाँच वर्षे हदम्याद हटाइयो

राज्यव्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा रहेको पाँच वर्षे हदम्याद सर्वसम्मतिले हटाइएको छ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उपस्थित भएर गृहमन्त्री रमेश लेखकले हदम्याद सम्बन्धी व्यवस्था हटाउन आग्रह गरेपछि समितिले सर्वसम्मत निर्णयबाट प्रस्तावित ऐनको दफा १६ संशोधन गरी हदम्याद सम्बन्धी व्यवस्था हटाएको हो।

‘खास गरेर भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा जुन प्रस्तुत भएको छ त्यसमध्ये हद म्यादको विषय उठेको छ,’ गृहमन्त्री लेखकले भने, ‘समितिभन्दा बाहिर र सदनमा जतापनि छलफलको विषय बनेको छ। त्यसैले पाँच वर्ष हदम्याद हटाउँ भन्न चाहन्छु । यो सरकारका तर्फबाट आग्रह हो।’

सरकारले सो सहमति जनाएपछि समितिका सभापति रामहरि खतिवडाले समितिमा विधेयकको दफा १६ मा राखिएको हदम्यादको प्रावधान हटाउने प्रस्ताव पेश गरे लगत्तै समितिका सम्पूर्ण सदस्यहरूले सर्वसहमति पास गरेका थिए।

सरकारले भ्रष्टाचारका कसुरमा पाँच वर्षे हदम्याद राख्दै विधेयक दर्ता गरेपछि यसबारे चौतर्फी दबाब बढेको थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस