प्रधानमन्त्री ओली अगष्टा आए, एमआई १७ हेलिकोप्टरमा फर्किए

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १४, शुक्रबार (२ हप्ता अघि)
  • १०० पटक पढिएको

प्रधानमन्त्री ओली अगष्टा आए, एमआई १७ हेलिकोप्टरमा फर्किए

प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर बिग्रिएको छ ।

बिहान काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा आएका ओली चढेको हेलिकोप्टर बिग्रिएपछि अर्को हेलिकोप्टरमा फर्किएका थिए ।

ओली नेपाली सेनाको अगष्टा हेलिकोप्टरमा दीक्षान्त समारोहमा सहभागी हुन आएका थिए । फर्कने बेलामा प्राविधिक समस्या देखिएपछि प्रधानमन्त्रीलाई लिन सेनाको एमआई १७ हेलिकोप्टर आएको थियो।

सडकबाट आउने भनेर रातारात मर्मत गरेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर मार्फत धुलिखेल आएका थिए। उनलाई आउन एउटा हेलिकप्टर र लिन एउटा हेलिकप्टर प्रयोग भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काभ्रेको धुलिखेल आउन दुईवटा हेलिकप्टर प्रयोग गरेका हुन्।

शुक्रबार दिउँसो प्रधानमन्त्री ओली काभ्रेको धुलिखेल आउनको लागि प्रयोग गरेको हेलिकप्टरमा प्राविधिक समस्या देखिएको थियो। त्यसपछि फर्किने क्रममा अर्को हेलिकप्टरमा फर्किएका हुन्।

प्रधानमन्त्रीले काभ्रे जाँदा प्रयोग गरेको सेनाको एनए ०६७ हेलिकप्टरमा प्राविधिक समस्या देखिएको थियो। त्यसपछि नेपाली सेनाको कल साईन एमआइ १७ हेलिकप्टर चढेर प्रधानमन्त्री ओली काठमाडौं फर्किएका हुन्।

काठमाडौंदेखि धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयसम्मको दूरी २८ किलोमिटर छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस