पार्टीप्रति आस्था भएपनि सरकारको निर्देशन कर्मचारीले मान्नैपर्छ : सभापति देउवा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १९, बुधबार (१ हप्ता अघि)
  • ५९ पटक पढिएको

पार्टीप्रति आस्था भएपनि सरकारको निर्देशन कर्मचारीले मान्नैपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भएतापनि सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा ‘कर्मचारी’ पुस्तक बिमोचन) कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीले जुन पार्टीप्रति आस्था राख्ने भएतापनि कर्मचारीले असहयोग गर्यो भने सरकारको काम पूरा नहुने भएकाले सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका हुन्।

‘हिजो को कुन पार्टीमा थियो आज कुन पार्टीमा छ भन्ने कुरा होइन। कोइ कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला। जुन पार्टीप्रति आस्था राख्ने भएपनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ,’ उनले भने, ‘कर्मचारीले असहयोग गर्यो भने सरकारले गर्नुपर्ने काम हुँदैन। त्यसकारण यसमा सबै पार्टी समर्थित कर्मचारी भएतापनि सरकारको निर्णय लागु गर्ने काम उनीहरुको कर्तव्य हो।’

सभापति देउवाले निर्वाचित सरकारले बनाएका नीति नियमहरु कार्यान्वयन गर्ने काम निजामति कर्मचारीहरुको रहेको निर्वाचित सरकार र निजामति कर्मचारी सरकारीबीच सहकार्य र समन्वयको आवश्यकता रहेको बताए।

‘निजामति कर्मचारीलाई स्थायी सरकारका रुपमा लिइन्छ। निर्वाचित सरकार अस्थायी सरकार र निजामति कर्मचारी स्थायी सरकार गरि दुईवटा सरकारका रुपमा लिइएको छ,’ उनले भने, ‘निजामति कर्मचारीहरू अवकाश नहुञ्जेलसम्म रहिरहन्छ भने निर्वाचित सरकार निश्चित समयपछि फेरिन्छ। जित्यो भने रहने हार्यो भने जाने।’

नियमहरू निर्वाचित सरकारले बनाउने र त्यसको कार्यान्वयन गर्ने काम निजामति कर्मचारी भएको बताउँदै उनले त्यसैले यी दुई सरकारबीचमा सहकार्य र समन्वयको आवश्यकता रहेको औंल्याए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस