धुलिखेलमा निर्माण भएको जननायक बिपिको प्रतिमा कांग्रेस सभापति देउवाले अनावरण गर्ने


धुलिखेलमा निर्माण भएको जननायक बिपिको प्रतिमा कांग्रेस सभापति देउवाले अनावरण गर्ने

धुलिखेल  / धुलिखेल नगरपालिका वडा नं ६ स्थित धुलिखेल अस्पताल चोकमा महामानव वी.पी. कोइरालाको प्रतिमा तयार भएको छ ।
२०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेको प्रतिमा निर्माण करिब ९ बर्षपछि अनावरण गर्न लागिएको हो । जरणडाँडामा तयार गरिएको प्रतिमा असोज ५ गते कांग्रेस सभापति शेरबहादुर देउवाले अनावरण गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस धुलिखेल नगर सभापति बिधुर बस्नेतले जानकारी दिए ।

प्रतिमा स्थापनाको लागि ‘महामानव वी.पी. कोइराला प्रतिमा निर्माण मूल समिति’ गठन गरी काम अघि बढाइएको संयोजक समेत रहेका कांग्रेस जिल्ला सदस्य जितकृष्ण श्रेष्ठले जानकारी दिए । १२ औं र १३ औं महाधिवेशनमा नगर सभापति निर्वाचित भएका श्रेष्ठको संयोजकत्वमा काम अघि बढेपनि आर्थिक श्रोत जुट्न नसक्दा पुरा भएको थिएन ।
१४ औं महाधिवेशनबाट निर्वाचित नगर सभापति विदुर बहादुर बस्नेत नेतृत्वले पनि श्रेष्ठकै संयोकत्वमा समिति गठन गरेपछि कामले गति लिएको हो ।
ढलौटबाट बनेको प्रतिमाको लागत १५ लाख रुपैयाँ रहेको छ ।
नेपाली कांग्रेस धुलिखेल नगर समितिको संयोजन र निर्माण समितिको आयोजनामा हुने कार्यक्रमको तयारी थालिएको छ ।
नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा समेतको उपस्थितीमा बैठक बसेर व्यवस्थापकीय तयारी थालिएको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस