राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछाने सहभागी कार्यक्रमस्थलबाहिर सहकारी पीडितले धर्ना र नाराबाजी गरेका छन्।
पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न लामिछाने पोखरा आउने जानकारी पाएपछि सहकारी पीडितले विहानैदेखि कार्यक्रमस्थल बाहिर धर्ना र नाराबाजी गरेका हुन् । पोखराको बिरौटामा रहेको ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम छ।
अहिले ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले कालो भण्डा देखाउँदै प्रदर्शन र नाराबाजी गरेका हुन्।
कार्यक्रमस्थल बाहिर सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । लामिछानेलाई प्रहरी सुरक्षा दिएर कार्यक्रम हलमा पु¥याइएको थियो। पीडितले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन्।