मेटमणी चौधरीलाई पार्टीबाट निष्कासन गर्न नेता खनालको माग

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १, मंगलबार (७ महिना अघि)
  • ३१३ पटक पढिएको

मेटमणी चौधरीलाई पार्टीबाट निष्कासन गर्न नेता खनालको माग

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपाली पार्टी उपमहासचिव मेटमणि चौधरीलाई पार्टीबाट निष्कासन गर्न माग गरेका छन्। चौधरीले भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको रहेको भन्दै दिएको अभिव्यक्ति कुनै हालतमा क्षम्य नहुने भनाई झलनाथको छ।

एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रतिनिधि सभा सदस्य चौधरीले गत भदौ २५ गते प्राइम टेलिभिजनमा दिएको अभिव्यक्तिलाई लिएर नेता खनालले आपत्ति जनाउँदै आएका छन्। उक्त विषयमा पार्टीले उनीसँग स्पष्टीकरण लिइसकेको छ।

तर पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता खनालले भने एक वक्तव्य जारी गर्दै चौधरीलाई पार्टीबाटै निकाल्नुपर्ने माग गरेका छन्।

‘आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न। अझ हामै पार्टीको उपमहासचिव र वहालवाला सांसदबाट यस्ता अभिव्यक्ति आउनु गम्भीरभन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको छ,’ खनालद्वारा जारी प्रेश विज्ञप्तिमा भनिएको छ, ‘उपमहासचिवको उपरोक्त अभिव्यक्तिबाट हाम्रो गौरवमय पार्टी पंक्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको छ।’

खनालले चौधरीको भनाईबाट आम कार्यकर्ता, समर्थक र शुभेच्छकहरूमा समेत तीखो आक्रोश र विरोधको भावना उत्पन्न भएको पनि बताएका छन्।

‘यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रोजस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रूपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्तिसमक्ष जोडदार माग गर्दछु,’ चौधरीको भनाई छ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

खोजी गर्नुहोस