राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १, मंगलबार (२ दिन अघि)
  • ४६ पटक पढिएको

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन्। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल यात्रामार्फत हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेर जात्रा अवलोकन गरेका हुन्।

उनलाई काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले स्वागत गरकी थिइन्।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउन अनुमति दिएका थिए।

यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो। भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको मंगलबार मुख्य दिन हो।

जात्रामा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिती रहेको थियो।

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा मंगलबार पनि गरिएको थियो। जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुनेगर्छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस