राजनीतिक तहमा देखिएको अस्थिरता संविधान संशोधनबाट हल हुन्छ : प्रधानमन्त्री ओली

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ३, बिहिबार (६ महिना अघि)
  • २५७ पटक पढिएको

राजनीतिक तहमा देखिएको अस्थिरता संविधान संशोधनबाट हल हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन संविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताएका छन्।

बिहीबार टुँडिखेलमा संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि स्थायित्व चाहिने उल्लेख गर्दै वर्तमान सरकार संविधानलाई समयानुकल बनाउन लागिपरेको बताए।

‘विकासका लागि स्थायित्व चाहिन्छ। अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ। राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो,’ उनले भने, ‘तसर्थ विकासको लागि स्थायित्व अर्थात निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन्। संविधानलाई समयानुकूल बनाउनु पर्छ । समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो।’

संविधानको संशोधन भनेको ‘लिखत र मर्म’ (लेटर एन्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाँउमा परिवर्तन भएको उनले बताए। राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यम गर्न सकिने ओलीले बताए।

युवाहरुभित्र केही गरौं भन्ने आगो बलिरहेको बेला समाजमा आगो लगाउँछु भन्नेहरु समेत रहेको उल्लेख गर्दै देशलाई बचाउन उनले सचेत गराए। देश भाँडियो वा अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने देश पुस्तौंपुस्ता पछि पर्ने उनको भनाइ थियो।

‘आज म खासगरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु, तपाईंहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूवाट बचाउनु होला । तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूवाट जोगाउनु होला,’ प्रधानमन्त्री ओलीले भने।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

खोजी गर्नुहोस