प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी आह्वान

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ३, बिहिबार (६ महिना अघि)
  • ३४६ पटक पढिएको

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध संसदीय सुनुवाइ समिति सुनुवाई समितिले सार्वजनिक उजुरी आव्हान गरेको छ।

बिहीबार बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको हो।

सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई प्रधानन्यायाधीशका लागि सर्वसम्मत सिफारिस गरेको थियो।

यस्तै, समितिको बैठकले अस्ट्रेलियाका प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालविरुद्ध पनि आह्वान गर्ने गर्ने निर्णय गरेको छ।

प्रस्तावित प्रधानन्यायाधीश र राजदूतविरुद्ध सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव बैठकले पारिस गरेसँगै समिति सभापति ईश्वरी न्यौपानले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी छन्।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

खोजी गर्नुहोस