प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ४, शुक्रबार (१६ घण्टा अघि)
  • ३७ पटक पढिएको

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

प्रधानमन्त्री केपी ओली अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री ओली केहीबेरअघि अमेरिका प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरे।

प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी पनि अमेरिका प्रस्थान गरेका छन्। महासभामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सहभागी हुनेछन्। उनी यसअघि नै क्यानडामा रहेकाले उतैबाट अमेरिका जानेछिन्।

प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा ‘कोही पनि पछाडि नछोडिने ः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा छलफल हुनेछ।

असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा ओली सहभागी हुनेछन्।

साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य ः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ।

त्यसअघि ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषययक कार्यक्रममा सम्बोधन गर्ने छन्।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन्।

अमेरिका भ्रमण क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्ने बताइएको छ। प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।

ताजा अपडेट

२०८१ आश्विन ४, शुक्रबार

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

२०८१ आश्विन ४, शुक्रबार

प्रधानमन्त्री ओली अमेरिका जाँदै

यो साताको प्रचलित

खोजी गर्नुहोस