युवा पुस्तालाई कांग्रेसले नेतृत्वमा ल्याउनुपर्छ : डा. शंसाक कोइराला


युवा पुस्तालाई कांग्रेसले नेतृत्वमा ल्याउनुपर्छ : डा. शंसाक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरूलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । नेता कोइरालाले कांग्रेसका युवाहरू अघि बढेकाले उनीहरूलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने बताएका हुन् ।

शनिबार धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता कोइरालाले युवाहरूको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । शेरबहादुर देउवा सदाबहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरूलाई ल्याउनुपर्ने उनको भनाई थियो ।

बीपी कोइरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने बताए । उनले कांग्रेसले आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने पनि बताए ।

नेता कोइरालाले भने, ‘६० प्रतिशत मानिसहरू ४० वर्षमुनिका छन् । तर नेताहरूले कहिल्यै पनि तिनीहरूलाई सम्बोधन गरेनन् । सबै बुढाहरूका लागि मात्रै सम्बोधन गरेँ । हामीले कहिल्यै पनि युवाहरूलाई सम्बोधन गर्न सकेनौँ । जहिले पनि मन्त्रीहरू बुढैहरू बन्छन् । युवाहरूले कहिल्यै चान्स नै पाउँदैनन् । मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरूलाई प्रोत्साहन किन गर्दैनौँ हामी ? भोलीको राजनीति त उनीहरूको हातमा दिनुपर्ने हो । शेरबहादुरजी सदाबहार यहाँ पार्टी सभापति हुनुहुन्न । अब युवाहरू आउँछन्, उनीहरूलाई ठाउँ दिनुपर्‍यो । उनीहरूलाई अगाडि बढाउनु पर्‍यो । हामी त छौ तर कति दिन छौँ ?’

उनले भने, ‘आज छौँ, भोली हुँदैनौँ । त्यसैले अलिपर हामीले सोच्नुपर्‍यो । आफ्नो सन्ततिलाई दिनु पर्‍यो । बीपी कोइरालाले हेर्नुस्–उहाँले के सबै आफ्नो लागि मात्रै गर्नुभयो ? उहाँले सभापति हुँदाहुँदै राजीनामा दिएर किसुनजीलाई सभापति बनाउनु भयो । किनभने उहाँको स्वास्थ्य ठिक थिएन । बीपीको कुरा छोडौँ उहाँका एक एक किस्सा छन्, तपाईँहरूलाई भन्ने मेरो समय छैन । तर हामीले बीपी कोइरालालाई पुजेर मात्रै हुँदैन । उहाँको आदर्श बुझौँ । उहाँको पदचिह्नमा हिँडौँ । नेपाली कांग्रेस यत्रो बलियो शक्ति छ । मलाई छक्क लाग्छ–हाम्रो बहुमत हुँदैन । यत्रो शक्तिशाली पार्टी, यत्रो राम्रो उद्देश्य, यत्रो संघर्षपूर्ण जीवन ७० वर्ष संघर्ष गरेर बल्ल त हामीले संविधान दियौँ । सुशील कोइरालाले संविधान बनाउनु भयो । तर यो निरन्तर लागि राखेका छौँ । तैपनि हामीले जहिले पनि अल्पमतमा हुने । अथवा गठबन्धनको सरकार हुने । हामीले आफ्नो खुट्टामा उभिएर अरूलाई ठेगान लगाउनु पर्छ । त्यो दृष्टि राख्नुपर्‍यो ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

खोजी गर्नुहोस