आभाष साकोसको एकाइगतरुपमा १५ औं बार्षिक साधारण सभा सम्पन्न

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ६, आईतबार (३ हप्ता अघि)
  • २९० पटक पढिएको

आभाष साकोसको एकाइगतरुपमा १५ औं बार्षिक साधारण सभा सम्पन्न

आभाष बचत तथा ऋण सहकारी संस्थाले एकाइगतरुपमा १५औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले असोज २ गते पनौती, असोज ४ गते नमोबुद्ध र असोज ५ गते बनेपामा साधारण सभा गरेको हो ।
संस्थाका अध्यक्ष दिनेशराज कायष्ठको अध्यक्षता एवं बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा संस्थाको प्रमुख सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यको विशेष आतिथ्यतामा बनेपामा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष कायष्ठले संस्थाले नाफालाई मात्र नहेरी समाजप्रतिको उत्तर दायित्व महशुस गरी २०७४ सालबाट छोरी अभियान सञ्चालन गरेको बताए ।
संस्थाले स्वस्थ र समुन्नत समाज तथा लैगिंक समानता हासिल गर्नको लागि प्रयास गर्दै आएको उनको भनाई छ । संस्थाले छोरी कार्यक्रम अन्तर्गत प्रत्येक नयाँ बर्ष र संस्थाको बार्षिक उत्सवका दिन शिर मेमोरियल अस्पतालमा जन्मेका पहिलो छोरीहरुलाई १० हजार प्रदान गर्दै आएको छ ।

त्यसैगरी संस्थाले सदस्यहरुको स्वास्थ्य उपचारको लागि सदस्यहरुकै आर्थिक सहभागितामा आभाष सदस्य सुरक्षा कार्यक्रम लागू गरेको छ ।
केही सीमित सहकारीहरुले अस्वस्थ प्रतिस्पर्धा गरी अनियन्त्रित तथा नियम विपरित ढंगबाट बचत संकलन तथा ऋण लगानी, सदस्यको बचत अपचलन र गैर सदस्यसँग कारोबार गर्दा समुदाय र सदस्य केन्द्रीत सहकारीलाई पनि त्यसको  प्रभाव परेको उनको भनाइ छ ।
अस्वाभाविक ब्याजको पछि नलागी विश्वासनीय र समुदायमा रहेको सहकारीमा मात्र बचत गर्न उनले सदस्यहरुलाई आग्रह गरे । संस्थाको कारोबारलाई छिटोछरितो बनाउन प्रविधिको प्रयोग गरिएको र दक्ष कर्मचारीबाट सदस्यहरुलाई सेवा प्रवाह हुँदै आएको उनको जनाए ।
संस्थाका सचिव प्रकाश कायष्ठले वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए । उनले संस्थाले प्रदान गर्ने वस्तु तथा सेवा, बचत तथा ऋण लगानी, सदस्य सुरक्षा कार्यक्रम, समुह गठन र मोबाइल बैंकिङका बारेमा सदस्यलाई जानकारी गराए ।
संस्थाका कोषाध्यक्ष धर्मभक्त प्रधानले गत आर्थिक वर्ष २०८०।८१ को आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए । त्यसैगरी शेयरपुँजी ३ करोड ७६ लाख ६३, बचत संकलन ७२ करोड ७३ लाख४६ हजार ६ सय ९६र ऋण लगानी ६२करोड ४१ लाख १४ हजार तीन सय १६ गरेको सभालाई उनले जानकारी दिए ।
संस्थाले गत आ।व।मा ५६ लाख ७० हजार ३ सय २८ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा २ करोड ६३ लाख ४४ हजार ५ सय ६२ र जोखिम व्यहोर्ने कोषमा ३ करोड २८ लाख ३५ हजर २ सय ९६ पुगेको छ । संस्थाले ४७ वटा महिला समुह गठन गरेको छ भने उनीहरुका लागि सीपमूलक तालिमका साथै स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ । संस्थाले दुईवटा सेवा केन्द्र र मुख्य कार्यालयबाट सदस्यहरुलाई सेवा दिँदै आएको सस्थाको प्रमुख कार्यकारी अधिकृत सुवास बैधले जानकारी दिए।
त्यसैगरी संस्थाले सदस्यहरुको स्वास्थ्य उपचारको लागि सदस्यहरुकै आर्थिक सहभागितामा आभाष सदस्य सुरक्षा कार्यक्रम लागू गरेको छ । गत आर्थिक वर्षमा उक्त कार्यक्रम अन्तर्गत ११९ जना सदस्यहरुलाई विभिन्न रोगको उपचार लागि ८ लाख ४६ हजार प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाले संचालक समितिमा ग्रुवेन तौजलेको अध्यक्षतामा नयाँ संचालक समिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा प्रकाश कायश्थ, सचिव धर्मभक्त प्रधान, कोषाध्यक्ष सुर्यकुमार रजिंत रहेका छन् । संचालक सदस्यहरुमा शुभराज जोशी, त्रिरत्न रञ्जितकार, कृष्णभक्त मुनंकर्मी, सुरेन्द्रकाजी मानन्धर, सुन्दरकाजी मानन्धर, राजन कायश्थ र निर्मला श्रेष्ठ रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिमा संयोजक विकास बैद्य र सदस्यहरुमा सरोजकाजी पलाञ्चोके र हिरामणी शर्मा तिमल्सिना रहेका छन् ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस