कार्यवाहक प्रधानमन्त्री सिंह दिए मातहतका निकायलाई निर्देशन

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ७, सोमबार (२ महिना अघि)
  • १४४ पटक पढिएको

कार्यवाहक प्रधानमन्त्री सिंह दिए मातहतका निकायलाई निर्देशन

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरुलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरुलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन्। उनले जनताले अनुभूति गर्ने गरि परिणाममुखी भएर काम गर्नुपर्नेमा जोड दिए।

उनले शहरी विकास मन्त्रालय मातहत सञ्चालित आयोजनाको प्रगति विवरणबारे जानकारी लिँदै सरोकारवालाहरुसँग समन्वय गरि काममा द्रूतता दिनुपर्ने बताए।

‘कुन आयोजनाको अवस्था के छ? समस्या के छ ? भनेर बुझ्न तपाईंसँग छलफल राखेको हो। टिम वर्कका रुपमा अघि बढेर परिणाम दिनुपर्यो,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘प्रधानमन्त्रीज्यूसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस्।’

उपप्रधानमन्त्री सिंहले काममा समस्या भए मन्त्रालयले समन्वय गर्ने भन्दै नतिजा आउने गरि आउने दिनमा प्रभावकारी रुपमा काम गर्न पनि उनले आग्रह गरे।

कार्यालय प्रमुखहरुले भइरहेका कामको प्रगति विवरण र काममा भोग्नुपरेका चुनौति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण भइरहेको जटिलताबारे जानकारी गराएका थिए।

छलफलमा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल विभागका प्रमुख र आयोजना प्रमुखहरुलाई नतिजामुखी हुने गरि काममा लाग्न आग्रह गरे।

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

२०८१ मंसिर ७, शुक्रबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

खोजी गर्नुहोस