नार्केमा रोशी खोलाले पक्की घर बगायो

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (१ महिना अघि)
  • १८७ पटक पढिएको

नार्केमा रोशी खोलाले पक्की घर बगायो

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले कटान गरी करिब १० घर बगाएको छ । शनिवार बिहान ९ बजे बाढीले जमिन कटान गरी बगाएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । सो घटनामा मान्छे परे वा नपरेको बारे जानकारी आइनसकेको उनले बताए ।

उनले भने– ‘रोशी खोला किनारामा रहेका लगभग १०–१२ घर बाढीले बगाएको छ । बिहानको समयमा बगाएको भएर मानवीय क्षति भएको छैन होला तर पक्की घरहरु बगाएको छ । उद्धारका लागि नेपाल सेना र प्रहरी तैनाथ छ तर बाटो बिग्रिएको कारण जाने
अवस्था छैन । त्यस क्षेत्रमा फोन गर्न पनि अहिले नेटवर्क नलागेकोले घटनाको अवस्था बुझ्न सकिएको छैन । त्यो ठाउँ सुरक्षित नै भएपनि बाढीले जमिन कटान गर्दै घर ढालेर बगाएको छ ।’

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

२०८१ मंसिर ७, शुक्रबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

खोजी गर्नुहोस