उमेर विवादपछि अखिल क्रान्तिकारीको बन्द सत्र स्थगित

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १६, बुधबार (२ हप्ता अघि)
  • १०५ पटक पढिएको

उमेर विवादपछि अखिल क्रान्तिकारीको बन्द सत्र स्थगित

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र स्थगन गरिएको छ।

बन्दसत्र बिहीबार बिहान १० बजेसम्मका लागि स्थगन गरिएको हो। अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्ति जारी गर्दै बन्दसत्र स्थगन गरेको जनाएको छ।

काठमाडौँको कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको २३ औँ सम्मेलनमा सोमबार दुई पक्षविच कुटाकुट भएको थियो। आपसी विवादका कारण सम्मेलन शुरु भएको एक सातासम्म टुंगो लाग्न सकेको छैन।

अध्यक्ष मण्डलले विज्ञप्तिमा सम्मेलन स्थगन गर्नुपर्नाको ठोस कारण खुलाएको छैन। उमेर हदको विषयमा विवाद सुरु भएपछि कुटाकुटको अवस्थामा पुगेको थियो।

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहालले विद्यार्थी नेताहरूलाई खुमलटार बोलाएर उमेरहदबारे पदाधिकारीविच मतदानबाट निर्णय गर्न निर्देशन दिए पनि विवाद समाधान हुन सकेको छैन।

आक्रोशित विद्यार्थीहरूले सम्मेलन स्थलनमा तोडफोड गरेका छन्।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

खोजी गर्नुहोस