बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन राज काफ्लेले बाढी पहिरोबाट बढी प्रभावित क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आईतबार काभ्रेको बाढी प्रभावित क्षेत्रको अवलोकन पछी उनले यस जिल्लालाई पहिलो नम्बरमा राखेर पुननिर्माणका कामहरु अगाडि बढाउने बताएका हुन् ।
पनौती नगरपालिकाको विभिन्न ठाउँमा भएको क्षतिग्रस्त स्थलको अवलोकन गरि आवश्यक जानकारी लिएका हुन ।सो क्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती नगरपालिकामा भौतिक पूर्वाधारहरुको धेरै क्षति भएको बताए।११ किलोमिटर सडक बाढीले बगाएको, काभ्रे एकीकृत उपत्यका खानेपानी आयोजनाको करिब ५० करोडको क्षति भएको र खानेपानीको चरम अभाव खेपिरहनु परेको बताएका हुन अबलोकन पछि बागमति प्रदेस अन्तर्गत को कार्यालय प्रमुख हरुको बैठक मा काफ््लेले जनतालाई अफ्ठ्यारो परेको बेलामा सरकार भाग्न नपाईने भन्दै सरकार छ भन्ने अनुभूति दिनेगरी काम गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा विशेषगरी मौलीक हक सँग जोडीएका जनताका अती आवश्यक कुराहरु पुरा गर्न लाग्नुपर्ने वताए ।
मन्त्री काफ््लेले अहिलेको पहिलो प्राथमिकता सडक निर्माण तथा मर्मत रहेको भन्दै जिल्लामा भएका सम्पुर्ण सडकहरुको क्षतिको विवरण तत्काल संकलन गरी पुननिर्माण र संरक्षणको काम अगाडि बढाउन मातहतका कार्यालय हरुलाई निर्देशन दिएका छन् । ‘
काभ्रे जिल्लामा पुर्बाधार तर्फ २७ वटा प्रदेश स्तरीय ग्रामीण सडक रहेको छ जस्मा १९ वटाको जम्मा ६५५ किलोमिटर सडकमा विभिन्न खण्डमा पहिरो गहि अबरुद्ध भएको र ४८ वटा सडक पुल सामान्य क्षती जस्मा ७ वटा पुर्ण क्षती ३ वटा बगाएको छ भने अन्य यातायात चल्न सक्ने अबस्थामा नरहेको पुर्बाधार बिकास कार्यालय धुलिखेल का प्रमुख राजु श्रेष्ठले बताए ।
कृषि विकास कार्यलय काभ्रेका प्रमुख कुल प्रसाद दवाडीले बाढी पहिरोबाट काभ्रेमा ६७० हेक्टर क्षेत्रफलमा लगाएको धान,३० हेक्टर क्षेत्रफलमा लगाएको मकै र ४ सय २५ हेक्टरमा लगाएको तरकारी बाली नष्ट भएको जानकारी दिए । उनले यसबाट करिव ७२ सय घरधुरी प्रभावीत भएको भन्दै यसलाई कसरी पुनः कृषीमा पुर्नस्थापीत गर्ने भन्ने कुरा अबको मुख्य चुनौती रहेको बताए । उनले प्रारम्भिक अनुमान अनुसार काभ्रेमा कृषिमा मात्र करिब ४२ करोडकोबाली क्षति भएको स्पस्ट पारे ।
पशुसेवा कार्यालय काभ्रेका निमित्त कार्यालय प्रमुख डा.निशान्त शर्माले पनौती नगरपालिका, रोशी र र बेथानचोक गाउँपालिका लगातय पाँच वटा स्थानीय तहको प्रारम्भिक विवरण अनुसार साना ठुला गरी काभ्रेमा चार हजार ६९४ पशुधन क्षति भएको जानकारी दिए । उनले बाढीले बगाएर र पुरिएर रहेका पशुबस्तुको गन्ध आउन थालेको कारण त्यसको व्यवस्थापनमा समस्या भएको भन्दै बाँचेका पशुबस्तुहरुलाई आहारा र पानीको अभाव रहेको जानकारी दिए ।
जनस्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख रागिश्री कक्षपती श्रेष्ठले जिल्लामा ५ वटा स्वास्थ्य चौकी पूर्णरुपमा क्षतिग्रस्त भएको र ६ वटा आंशिक रुपमा क्षति भएको जानकारी दिइन् । उनले पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य सस्थाको सेवा टेन्ट मार्फत सुचारु गरेको जानकारी दिइन् । उनले बिपतमा परेका जिल्लालाई तत्काल थप बजेट उपलब्ध गराउन मन्त्री समक्ष आग्रह समेत गरिन् बैठक मा बागमती प्रदेश नीति तथा योजना आयोगकाे सदस्य गुणराज मोक्तान , प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सामाजिक विकास कार्यालय, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय, प्रदेश लेखा इकाई, उद्योग वाणिज्य कार्यालय, प्रादेशिक प्रयोगशाला लगायतका कार्यालय प्रमुखले जिल्लामा भएको क्षति बारे जानकारी गराएका थिए ।