सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) दिलबहादुर बडुवालको निधन

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २९, मंगलबार (१ दिन अघि)
  • ७७ पटक पढिएको

सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) दिलबहादुर बडुवालको निधन

काभ्रेमा बाढी र पहिरो प्रभावितको उद्धारमा खटिएका सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) दिलबहादुर बडुवालको निधन भएको छ ।

असोज २६ गतेदेखि स्वास्थ्यमा समस्या देखिएका बडुवालको सोमबार विहान ८ बजे सशत्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा निधन भएको सशस्त्र प्रहरी बल नेपाल नं १५ गणका गणपति प्रहरी उपरीक्षक प्रेम प्रसाईंले जानकारी दिए ।

असोज दोस्रो सातामा आएको बाढीपहिरोमा परेका प्रभावितको उद्धार तथा राहतमा खटिएका सशस्त्रका प्रहरी निरीक्षक ४२ वर्षीय दिलबहादुर बडुवालको निधन भएको छ ।

ज्वरो लगायतका लक्षण देखिएपछि धुलिखेल अस्पताल ल्याइएका बडुवालको निमोनियाको कारण निधन भएको जनाइएको छ ।

काभ्रेको आइटी पार्कमा सञ्चालन गरिएको सशस्त्र प्रहरी अस्थाइ मनसुन तथा प्रकोप व्यस्थापन बेसको कमाण्डरको रुपमा कार्यरत थिए ।

बर्दिया घर भएका बडुवालको अन्त्येष्टिका लागि शव बर्दिया नै लाने तयारी भइरहेको गणपति प्रसाईंले जानकारी दिए ।

असोज ११ गते देखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो ।बडुवालको टोलि काभ्रेको रोशी, भुमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङ लगायतका स्थानमा परिचालित थियो। सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा २८ गते सोमबार बिहान उनको निधन भएको हो। बर्दिया घर भएका बडुवालले २०६० सलबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस