काभ्रेका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का `उत्कृष्ट विपद व्यवस्थापक´

इन्स्पेक्टर गिरी प्रदेशकै उत्कृष्ट अनुसन्धानकर्ता
  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ३०, बुधबार (२ घण्टा अघि)
  • ८३ पटक पढिएको

काभ्रेका प्रमुख  प्रहरी उपरीक्षक  वसुन्धरा खड्का  `उत्कृष्ट विपद व्यवस्थापक´

काभ्रे/ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपि) वसुन्धरा खड्का `उत्कृष्ट विपद व्यवस्थापक´ पुरस्कारबाट सम्मानित भएकी छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आयोजित ६९ औं प्रहरी दिवस २०८१ को विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले एसपि खड्कालाई पुरस्कारसहित कदर पत्र प्रदान गरेका हुन् ।

काभ्रे प्रमुख एसपी खड्काले अविरल वर्षाका कारण समग्र काभ्रे जिल्लाको विपद व्यवस्थापनको क्षेत्रमा पुर्याएको उल्लेखनिय योगदानको उच्च मूल्याङ्कन गर्दै कदर स्वरुप उत्कृष्ट विपद व्यवस्थापक पुरस्कार र कदर पत्र प्रदान गरिएको हो।

काभ्रे जिल्ला इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज प्रहरी निरिक्षक (इन्स्पेक्टर) कृष्ण गिरी उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कारबाट सम्मानित भएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले इन्स्पेक्टर गिरीलाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आयोजित ६९ औं प्रहरी दिवस २०८१ को विशेष समारोहमा पुरस्कारसहित सम्मान गरेका हुन् ।

नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात् गर्दै कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा गिरीलाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस