बिपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-बर्षेखोला खण्ड बन्द हुने

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ३०, बुधबार (२ घण्टा अघि)
  • ७५ पटक पढिएको

बिपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-बर्षेखोला खण्ड बन्द हुने

भकुण्डे/ बीपी राजमार्गको धुलिखेल-भकुण्डेबेँसी खण्डमा रातभर सवारी आवागमन बन्द गरिएको छ ।यात्रा सरल र सुरक्षित बनाउन बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म बीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- वर्षेखोला सडक खण्ड बन्द हुने भएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरले सूचना नै प्रकाशित गरेर आज बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा- बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- वर्षेखोला सडक खण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस