पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ।
आइतबार दिउँसो २ बजे काठमाडौंको फ्रन्टलाइन अस्पताल उपचारको क्रममा निधन भएको हो। उनी ८१ वर्षका थिए।
वरिष्ठ अधिवक्ता समेत रहेका उनी लामो समयदेखि कलेजोको समस्याबाट पीडित थिए।
२०४८ सालमा काठमाडौं २ बाट निर्वाचित भएका उनी २०५१ सम्म सभामुखको जिम्मेवारीमा थिए।
सर्वोच्च अदालत बारको अध्यक्ष र नेपाल बारको महासचिवसमेत बनेका ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
स्वर्गीय ढुंगानाका श्रीमती र एक छोरी छन्।