दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट खारेज, हिरासतमै रहने

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १२, बुधबार (४ महिना अघि)
  • १७२ पटक पढिएको

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट खारेज, हिरासतमै रहने

मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीको हिरासतमै रहने भएका छन्।

सर्वोच्च अदालतले बुधबार प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएपछि उनी प्रहरी हिरासतमै रहने भएका हुन्।

प्रहरीले आफूलाई गैरकानुनी रूपमा हिरासतमा लिएको भन्दै सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबार अदालतले खारेज गरिदिएको छ।

प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको रिट न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि साइबर अपराधमा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरोले मंसिर ४ गते पक्राउ गरेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस