प्रधानमन्त्री ओली चीन प्रस्थान

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १७, सोमबार (२ दिन अघि)
  • ४७ पटक पढिएको

प्रधानमन्त्री ओली चीन प्रस्थान

|प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा जाने क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्न आउनुभएकाहरुलाई अभिवादन गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रधानमन्त्री केपी ओली औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्।

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बिहान त्यसतर्फ गएका हुन्।

प्रधानमन्त्री ओली नेतृत्वको टोली हिमालय एयरालाइन्सको विशेष चार्टर विमानमार्फत चीन गएको हो।

भ्रमणमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यको सहभागीतता छ।

भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसको साथै, ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ।

उनले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने, बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।

त्यस्तै, नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत रहने छन्।

प्रधानमन्त्री भदौ २० गते स्वदेश फर्कनेछन्।

ताजा अपडेट

२०८१ मंसिर १७, सोमबार

प्रधानमन्त्री ओली बेइजिङ पुगे

२०८१ मंसिर १७, सोमबार

प्रधानमन्त्री ओली चीन प्रस्थान

खोजी गर्नुहोस