सिमरा–काठमाडौं हुँदै रविलाई पोखरा लगियो

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २६, बुधबार (६ दिन अघि)
  • २७ पटक पढिएको

सिमरा–काठमाडौं हुँदै रविलाई पोखरा लगियो

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई वीरगञ्जबाट काठमाडौं हुँदै पोखरा पठाइएको छ।

पर्सा जिल्ला सरकारी वकीलको कार्यालयमा बयान सकिएपछि लामिछानेलाई काठमाडौँ हुँदै जहाजमार्फत पोखरा पठाइएको हो। लामिछाने पर्सा प्रहरीको हिरासतमा थिए।

वीरगन्जको सानो पाइला सहकारी ठगी अनुसन्धानका लागि उनलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज लगिएको थियो। मंगलबार सरकारी वकिल कार्यालयमा लामिछानेसँग बयान लिएको थियो।

लामिछानेमाथि पाँचवटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा प्रहरी अनुसन्धान जारी छ।

लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए ।सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई मंगलबार नै पोखरा लगिएको थिया । जोशीलाई आइतबार पोखराबाट स्थलमार्ग हुँदै वीरगन्ज लगिएको थियो।

लामिछाने र जोशी दुबैजनालाई यसअघि बुटवल, काठमाडौँ र चितवन लगेर बयान गराईएको थियो।

ताजा अपडेट

२०८१ मंसिर २९, शनिबार

काठमाडौंमा आज यो वर्षकै बढी चिसो

खोजी गर्नुहोस