रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिन्छौं :प्रधानमन्त्री

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २९, शनिबार (३ दिन अघि)
  • १२२ पटक पढिएको

रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिन्छौं :प्रधानमन्त्री

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताएका छन् । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रस्ट्याउने बताएका हुन् । ‘अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढेका छौँ, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमुनाका रूपमा अघि बढिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने । उनले विद्यार्थीलाई पढाइसँगै रोजगारीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमुना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गरे ।

उनले भने, “सर्टिफिकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।’ प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताए ।

‘विद्यार्थीको आचरण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ,’ उनले दीक्षित विद्यार्थीतर्फ इङ्गित गर्दै भने, ’विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ, सफलताका लागि अझ परिष्कृत म्यानर मिसाउनुपर्छ ।’
काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ आर्ट्सको मास्टर इन अर्वान स्टडिजमा ५ जना, मास्टर इन मिडिया स्टडिजमा १ जना र मास्टर अफ फाईन आर्टसमा २१ जनालाई पहिलोपटक उपाधि प्रदान गरिएको छ । त्यसैगरी स्कुल अफ एजुकेसनको मास्टर इन इनडिजाईनस एजुकेसन एण्ड डेभलपमेन्टमा १९ जना र मास्टर इन टे«ेनिङ्ग एण्ड डेभलपमेन्टमा १२ जनालाई पहिलोपटक उपाधि प्रदान गरिएको छ । स्कुल अफ इन्जिनियरिङको मास्टर इन हेल्थ इन्फरमेटिक्समा २ जना एम टेक इन इनर्जी सिस्टम ४ जनालाई पहिलो पटक उपाधि प्रदान गरिएको हो । स्कुल अफ मेडिकल साइन्सेजको ब्याचलर अफ साईन्स मेडिकल इमाईजिङ्ग टेक्नोलोजीमा ८ जना र ब्याचलर अफ साईन्स इन ल्यावोटरी मेडिसिनमा १० जनालाई पहिलोपटक उपाधि प्रदान गरिएको हो । तीसौं दीक्षान्त (पहिलो चरण) सम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४६ हजार ६ सय ९३ जना दीक्षित भएका छन् । तीमध्ये ५७ देशका ५ हजार ५ सय ४२ जना विदेशी विद्यार्थी रहेका छन् ।
पहिलो चरणमा १ हजार २ सय ५६ जना विद्यार्थी दीक्षित भएका छ्न । समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका ३ जना, पीजिडी तहका ५१ जना, एमफिल तहका ३३ जना, स्नातकोत्तर तहका ३ सय ८५ जना, स्नातक तहका ७ सय ८४ जना विद्यार्थी दीक्षित भएका हुन।

तीमध्ये आर्टसका १११ जना, एजुकेसनका २५३ जना, इन्जिनियरिङका ७७ जना, लका ३९ जना, म्यानेजमेन्टका ४६५ जना, मेडिकल साइन्सेजका १८१ जना र साइन्सका १३० जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको सङ्ख्या ६ सय १५ (४८.९६ प्रतिशत) र महिलाको सङ्ख्या (६ सय ४१) ५१.०४ प्रतिशत रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू ६ प्रतिशत रहेका छन् । तीमध्ये भारत, चीन, श्रीलङ्का, बाङ्लादेश, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, इरान र भूटान गरी ९ देशका ७५ जना विदेशी विद्यार्थी रहनेछन् । तीमध्ये स्कुल अफ आर्ट्सका १७ जना, स्कुल अफ एजुकेसनका ५ जना र स्कुल अफ मेडिकल साइन्सेजका ५३ जना रहेका छन् ।

ताजा अपडेट

२०८१ मंसिर २९, शनिबार

काठमाडौंमा आज यो वर्षकै बढी चिसो

खोजी गर्नुहोस