अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष १, सोमबार (१ दिन अघि)
  • ६८ पटक पढिएको

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उदघाटन गरे।

अनलाइनमार्फत अंगदान गर्ने जोकोहीले दर्ता गराउन सकिने तथा लिन चाहनेले जानकारीसमेत पाउने उनले बताए।

मष्तिष्क मृत्युपश्चात तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपण कुरिरहेका बिरामी उपचाररत अस्पताललेसमेत तत्काल अंग प्रत्यारोपण गर्न जानकारी प्राप्त गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।

दाता तथा बिरामीले केन्द्रको वेबसाइट एसडीएनटिसी डट जिओभी डट एनपी मार्फत जानकारी लिन सक्नेछन्।

सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले नागरिकहरुका लागि निःशुल्क मृगौला प्रत्यारोपण तथा डायलसिस सेवा उपलब्ध गराइरहेको भन्दै धेरैको ज्यान बचाउन नागरिकहरुका लागि मष्तिष्कमृत्यु पश्चात अंगदान प्रोत्साहन गर्न कार्यक्रम शुरु भएको जानकारी दिए।

‘देशमा ९८ प्रतिशत मृगौला तथा ९० प्रतिशत नागरिक फोक्सो प्रत्यारोपणपछि सामान्य जीवन बाँचिरहेका छन् । हामी प्रत्यारोपण सेवा अझ विस्तार गर्न प्रतिबद्ध छौं,’ उनले भने।

मन्त्री पौडेलले अहिले भक्तपुरको केन्द्र ंबाहेक पोखरा र सुर्खेतमा उपलब्ध प्रत्यारोपण सेवा यसै वर्ष बाँकी प्रदेशमा विस्तार गर्ने लक्ष्यसाथ काम गरिरहेको बताए। ‘यसै वर्ष थप प्रदेशमा सेवा विस्तार भएको पाउनुहुनेछ,’ मन्त्री पौडेलले भने।

नेपालमा १२ वर्षमा शहीद धर्मभक्त केन्द्रमार्फत एक हजार तीन सय ३५ मृगौला तथा ३० जनाको फोक्सो प्रत्यारोपण भैसकेको छ।

मष्तिष्कमृत्यु भएका नागरिकबाट अंगदान प्रबद्र्धनका लागि भन्दै हालै मात्र दाताको परिवारलाई २ लाख तथा ७५ हजार अस्पतालका लागि दिने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेका थिए।

देशको सरकारी प्रत्यारोपण सम्बन्धी एकमात्र विशिष्टिकृत अस्पताल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले वर्षेनी ३ हजार अपेक्षित मध्ये २ सय लाई मात्र मृगौला प्रत्यारोपण सुविधा दिन सकेको छ।

ताजा अपडेट

२०८१ मंसिर २९, शनिबार

काठमाडौंमा आज यो वर्षकै बढी चिसो

खोजी गर्नुहोस