आयुर्वेद सेवा प्रभावकारी बन्दैछ : प्रजिअ ढकाल

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष ७, आईतबार (४ दिन अघि)
  • २१३ पटक पढिएको

आयुर्वेद सेवा प्रभावकारी बन्दैछ : प्रजिअ ढकाल

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पछिल्लो समय प्रभाकारी बन्दै गएको बताएका छन्।

आइतबार, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकले आयुर्वेद सेवाको प्रर्वद्धन गर्ने उदेश्यले आयोजना गरेको संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ ढकालले पछिल्लो समय आयुर्वेद सेवामा नागरिकको विश्वास बढ्नु‌को साथै सेवा प्रभावकारी भएको बताएका हुन्।

स्थानीय तहसँगको समन्वयमा सेवालाई अझै प्रभावकारी बनाउन, सेवा नभएका स्थानमा घुम्ति सेवा संचालन गर्न र नागरिकहरुका गुनासा सम्बोधन गर्न उनले अनुरोध गरे। जिल्ला स्थित आयुर्वेद तथा वैकिल्पक चिकित्सालयका प्रमुख डा। अर्जुन उपाध्यायले सेवा, सेवाका प्रकार र गुणस्तर, आवश्यकता तथा भएका कार्यक्रम र आगामी योजनाका बारेमा जानकारी गराएका थिए।

सरकारले अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बजेट कटौती गरिसकेको, वर्षात तथा विपत्तिका कारण थप बजेट कटौतीमा पारेको र केहि महत्वपूर्ण कार्यक्रमहरु ओझेलमा परेको भए पनि नागरिकहरुलाई सेवा प्रवाहमा अझै सक्रियताका साथ कार्यालयले समन्वय गरिरहेको डा. अर्जुन उपाध्यायले बताए।

सेवाग्राहिहरुको बढ्दो विश्वासलाई अझै फराकिलो बनाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले खेल्नु पर्ने भूमिकाका बारेमा संचारकर्मीहरुले सुझाव दिएका थिए।

यस्तै, चिकित्सालय प्रमुख डा. अर्जुन उपाध्यायका अनुसार, आर्थिक बर्ष २०७९/८० मा ३१ हजार ७ सय २१ जनाले सेवा लिएकोमा आर्थिक बर्ष २०८०/८१ मा चिकित्सालयबाट २९ हजार ७ सय ८७ र जिल्लास्थित अन्य आयुर्वेद औषधालयबाट १७ हजार ७ सय २३ जनाले सेवा लिएका छन्।

चालु आर्थिक बर्षको ५ महिनाको अवधीमा मात्रै ५ हजार १ सय १ जनाले २२ हजार ९ सय ८९ पटक सेवा लिएका छन्।

ती मध्ये १ हजार ८ सय ९८ जनाले बहिरंग सेवा, ६ हजार ६ सय ६० वटा प्रयोगशाला परिक्षण,४ हजार ५ सय ९९ जनाले पुर्वकर्म र पञ्चकर्म, ३ हजार ८ सय जनाले योग प्रशिक्षण, १ हजार १ सय ५५ जनाले अकुपन्चर, ३ सय ३७ जनाले अकुप्रेसर, ३ सय ९ जनाले कपिङ, ९ जनाले व्लड लेफ्टिङ र १० जनाले मोक्सीबुसन बिधीबाट सेवा लिएका छन्।

ताजा अपडेट

२०८१ पौष १०, बुधबार

काठमाडौं आइपुगे सोनु निगम

२०८१ पौष १०, बुधबार

आज क्रिसमस डे मनाइँदै

खोजी गर्नुहोस