बाबु र भाइको हत्या गरेर फरार मिलनले गरे आत्मसमर्पण

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष ९, मंगलबार (३ महिना अघि)
  • २४९ पटक पढिएको

बाबु र भाइको हत्या गरेर फरार मिलनले गरे आत्मसमर्पण

भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेको आशंका गरिएका मिलन आचार्यले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

सोमबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित डेरामा ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या भएको थियो।

उक्त हत्या कुलप्रसादका जेठा छोरा रहेका मिलनले गरेको आशंकासहित प्रहरीले खोजी गरिरहेको थियो। मंगलबार बिहान मिलनले आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

मृतकहरुको हत्या शनिबार राति नै भएको खुलेको छ। घटनाको बिषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

खोजी गर्नुहोस