नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष १५, सोमबार (३ महिना अघि)
  • १७७ पटक पढिएको

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ।

सोमबार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको कार्यक्रममा लुुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो।

समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन्। यसैगरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुनेछन्।

प्रधानमन्त्री ओलीको गत मङ्सिर १७ गतेदेखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षणसम्बन्धी समझदारी भएको थियो।

सो अवसरमा प्रधानमन्त्री एवं लुुम्बिनी बौद्ध विश्वविद्यालयका कुुलपति ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुुई देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारी, लुुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र नेपालस्थित चीनियाँ दूतावासका अधिकारीलगायतको उपस्थिति रहेको थियो।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

खोजी गर्नुहोस