गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्छ : सभापति देउवा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष १६, मंगलबार (३ दिन अघि)
  • ७३ पटक पढिएको

गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने बताएका छन्।

मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्ने र अझै विश्वसनिय बनाउने सबैको कर्तव्य भएको बताए।

‘आजको जुन यो गणतन्त्र छ यसलाई सफल पार्न र अझै विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य हो,’ उनले भने, ‘मलाई लाग्छ यो गणतन्त्र स्थायी रहन्छ। र, यसलाई अझै सुदृढ बनाउन आवश्यक छ।’

सभापति देउवाले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि नै आवश्यक रहेको बताए। उनले नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने बताए।

‘पूर्वका हुन् या पश्चिमका, विभिन्न चाहनाहरू होलान्, ती सबैलाई समन्वय गरेर, एकताको सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई संसारमा नै स्थापित गर्न सक्छौं,’ सभापति देउवा ले भने।

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण नै आज नेपाली राजनीति यहाँसम्म आइपुगेको बताए। उनले आधुनिक नेपालको राजनीतिक जग बसाउने काम कांग्रेस नेतृत्वले नै गरेमने बताए।

त्यस्तै अर्का नेता राजन केसीले राजीनितक क्रान्ति सफल पारेपनि आर्थिक क्रान्ति भने सफल पार्न नसकिएको भन्दै त्यही कारणले राजनीतिक सफलता कुनैपनि बेला धरापमा पर्न सक्ने खतरा रहेको बताए।

‘हामीले राजनीतिक क्रान्ति त सफल पा¥र्यौ तर आर्थिक क्रान्ति भने सफल पार्न सकेनौं। त्यसैले हामीले ल्याएको राजनीतिक सफलता पनि कुनै पनि बेला धरापमा पर्न सक्छ,’ उनले भने।

ताजा अपडेट

२०८१ पौष १८, बिहिबार

बालगायक सचिन परियारको निधन

यो साताको प्रचलित

खोजी गर्नुहोस