सरकारले अझै पनि संसदलाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गरिन्छ : विपक्षी दल

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ २, बुधबार (४ घण्टा अघि)
  • ५० पटक पढिएको

सरकारले अझै पनि संसदलाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गरिन्छ : विपक्षी दल

सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने निर्णय विपक्षी दलहरुले गरेका छन् । नेकपा माओवादी केन्द्रको आव्हानमा सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो।

माओवादीका उपमहासचिव वर्षमान पुनले पश्चात उनले सरकारले अझै पनि संसदलाई छल्ने काम गर्ने गरे भने विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताए।

‘हिउँदे अधिवेशन छिटोभन्दा छिटो बोलाइयोस् यदि सरकारले अझै पनि यसरी नै संसदलाई छलेर काम गर्छ भने प्रतिपक्ष दलहरुको तर्फबाट आवश्यक पर्यो भने अधिवेशन माग गर्ने, आह्वान गर्नेसम्मको तयारी हामीले गरिरहेका छौं,’ उनले भने, ‘यसमा हाम्रो समझदारी बनेको छ।’

सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वइच्छाकारी ढङ्गले सरकार सञ्चालन गरेको भन्दै यो प्रवृत्ति विरुद्ध ६ दलहरू एकै ठाँउमा रहेको पनि उनले बताए।

सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वइच्छाकारी ढङ्गले सरकार सञ्चालन गर्ने जुन प्रवृत्ति देखाएको छ त्यसमा हामी ६ दलहरु एकै ठाँउमा रहेका छौं,’ उनले भने, ‘सबैको चिन्ता, चासो र सुझाव सरकार स्वइच्छाचारी बन्दै गएको छ। संसदलाई छल्न खोजेको छ। सरकारको यो रवैया बेठिक भयो भन्ने हाम्रो साझा निष्कर्ष छ।’

आजको बैठकमा ६ पार्टीहरुको सहभागिता रहेको र अन्य प्रतिपक्षमा रहेका पार्टीहरुको पनि सकारात्मक समर्थन रहेको पनि उनको भनाई छ।

ताजा अपडेट

खोजी गर्नुहोस