उपकुलपति छनोटको कार्यविधि पुनःविचार गर्न निर्देशन

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ ४, शुक्रबार (२ महिना अघि)
  • १७७ पटक पढिएको

उपकुलपति छनोटको कार्यविधि पुनःविचार गर्न निर्देशन

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधि पुनर्विचार गर्न निर्देशन दिइएको छ।

सिंहदरबारमा बसेको केयूको सभाले नयाँ उपकुलपतिका लागि मेडिकल संकायमा कार्यरत वरिष्ठ शिक्षकहरुले समेत दरखास्त हाल्न पाउने गरी कार्यविधि पुनःविचार गर्न खोज तथा सिफारिस समितिलाई निर्देशन दिएको हो।

उपकुलपतिको आवेदनका लागि आव्हान भएको सूचनामा आफूहरुलाई आवेदन गर्नबाट वञ्चित गराइएको भनी मेडिकल संकायका शिक्षकहरुले कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष निवेदन दिएको विषयमा छलफलपछि बैठकले कार्यविधि पुनःविचार गर्न निर्देशन दिएको हो।

दुई–दुई कार्यकाल उपकुलपति भइसकेका व्यक्तिसमेत आवेदन दिन नपाउने तथा हरेक कार्यकालका लागि कार्यविधि संशोधन भइरहने स्थितिप्रति बैठकमा ध्यानाकर्षण गराइएको हो।

पूर्व उपकुलपति प्रा डा सुरेशराज शर्माको संयोजकत्वमा रहेको सिफारिस समितिले प्रकाशन गरेको सूचनाका आधारमा १६ जनाको निवेदन स्वीकृत भइसकेको छ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

२०८१ चैत्र २७, बुधबार

लागुऔषधसहित दुई जना पक्राउ

२०८१ चैत्र २२, शुक्रबार

लुटपाट गर्ने चार जना पक्राउ

खोजी गर्नुहोस