प्रजिअमार्फत निर्माण व्यवसायी संघ काभ्रेले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ ६, आईतबार (२ महिना अघि)
  • ३३८ पटक पढिएको

प्रजिअमार्फत निर्माण व्यवसायी संघ काभ्रेले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काभ्रे । निर्माण व्यवसायी संघ काभ्रेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। संघले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको हो।

नेपाल निर्माण व्यवसायी संघ काभ्रेले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।

निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष बिजय लामाको नेतृत्वमा गएको टोलीले आइतबार दिउँसो काभ्रेका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० उमेश कुमार ढकाललाई सो ज्ञापनपत्र बुझाएका हुन्। महासंघको पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष लामाले बताए।

नेपाल निर्माण व्यवसायी महासंघको २०८१ पौष २७ गते काठमान्डौमा सम्पन्न भएको राष्ट्रिय भेलाले सिमेन्ट लगायतका निर्माण सामाग्रिमा भएको मूल्यवृद्धि एवम् कालोबजारीका साथै भुक्तानी हुन बाँकी रकम सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम तय गरे अनुसार आइतबार निर्माण व्यवसायी संघ काभ्रेको तर्फ बाट संघका अध्यक्ष विजय लामा नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्ने गरी ज्ञापन पत्र बुझाएको निर्माण ब्यबसायी संघ काभ्रेका सचीव प्रदिप गौतमले जानकारी दिए।

यस्तै विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गरिनुपर्ने पनि उनीहरुले माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न १४ बुँदै माग राख्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

२०८१ चैत्र २७, बुधबार

लागुऔषधसहित दुई जना पक्राउ

२०८१ चैत्र २२, शुक्रबार

लुटपाट गर्ने चार जना पक्राउ

खोजी गर्नुहोस