धुलिखेल/काठमाडौं विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा. डा. अच्युत वाग्लेलाई अर्को व्यवस्था नभएसम्म कामु उपकुलपतिको जिम्मेवारी दिएका छन्।
काठमाडौं विश्वविद्यालयका रजिष्ट्रारसमेत रहेका वाग्लेलाई मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट कामु उपकुलपतिको जिम्मेवारी दिइएको पत्र पठाइएको हो।
‘सम्माननीय प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपतिज्यूको मिति २०८१/१०/०७ को निर्णयअनुसार काठमाडौं विश्वविद्यालय कार्या व्यवस्था नियम, २०४९ को परिच्छेद– ५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि उपकुलपतिबाट गरिने सम्पूर्ण काम तपाईंलाई सुम्पिएको व्यहोरो अनुरोध छु,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।
आइतबार केयूका उपकुलपति भोला थापाको कार्यकाल सकिएको थियो। नयाँ उपकुलपति चयन प्रक्रिया विलम्ब हुने देखिएपछि प्रधानमन्त्रीले वाग्लेलाई कामुको जिम्मेवारी दिएको बताइन्छ।