महाभारत लेखको आगो नियन्त्रणबाहिर जाँदै

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ १०, बिहिबार (२ महिना अघि)
  • ७६२ पटक पढिएको

महाभारत लेखको आगो नियन्त्रणबाहिर जाँदै

काभ्रेको बेथानचोक र खानीखोला गाउँपालिकाको सिमानामा रहेको महाभारत लेखको थामलेखमा लागेको आगो नियन्त्रणबाहिर जान थालेको छ ।


मंगलबार दिउँसो दुई बजेबाट सुरु भएको आगो तत्काल निभाउन सम्भावना देखिएको छैन । प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोको अनुसार सामुदायिक वनको भिरमा आगो लागेकोले तत्काल निभाउन सकिने अवस्था देखिएको छैन । स्थानीयको सहयोगमा आगो निभाउने पहल भएपनि सम्भावना कम रहेको महतोले बताए । जंगलमा आगो लागेपनि बस्तीमा भने आइनपुगेको प्रहरी सहायक निरीक्षक महत्तोले जानकारी दिए ।
स्थानीय पर्यटन व्यवसायी कमल नेपालले पनि आगलागीले उग्र रुप लिएपछि नियन्त्रण असम्भव जस्तै देखिएको बताए । बेथानचोक नारायणस्थान लगायतका क्षेत्र मा यात्रा गर्न तथा टेन्ट क्याम्पिङ जादै हुनुहुन्छ भने जानकारी लिएर मात्रै जान नेपालले आग्रह गरेका छन् । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जिल्ला सुरक्षामा गम्भीरतापूर्वक जानकारी गराईएको बताए । उनले सबै बेथानचोक र खानीखोलाबासीलाई सचेत हुन अनुरोधसमेत गरेका छन् ।तस्बिर : कमल नेपाल

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

२०८१ चैत्र २७, बुधबार

लागुऔषधसहित दुई जना पक्राउ

२०८१ चैत्र २२, शुक्रबार

लुटपाट गर्ने चार जना पक्राउ

खोजी गर्नुहोस